चीन भ्रमणबारे ब्रिफिङ गर्न दाहाल शितल निवासमा

चीन भ्रमणबारे ब्रिफिङ गर्न दाहाल शितल निवासमा

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दै छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार केहीबेरमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिलाई भेट्ने छन् । भेटका क्रममा आफ्नो चीन भ्रमणका विषयमा राष्ट्रपति भण्डारीलाई विफ्रिङ गर्नेे छन् ।

चीन भ्रमणमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भएको छलफलबारे पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराउने आचार्यले जानकारी दिए ।
सो अवसरमा वैशाख पहिलो साता हुने राष्ट्रपति भण्डारीको भारत भ्रमणका विषयमा पनि छलफल हुने भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटमा प्रधानमन्त्री दाहालसहित परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र परराष्ट्र सचिव शंकरदास वैरागीपनि सहभागी हुने छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.