नयाँ शक्तिका १४ जना नेता गिरफ्तार
सन्धिखर्कः जिल्ला निर्वाचन कार्यलय अर्घाखाँचीमा धर्ना दिन गएका नँया शक्ति पाटीका १४ जना नेता तथा कार्यक्रताहरुलाई प्रहरीले गिरफतार गरेको छ ।
निर्वाचन कार्यलयमा दर्ता भएको दललाई चुनाव चिन्ह प्रदान गर्नु पर्ने माग गर्दै जिल्ला निर्वाचन कार्यलयमा धर्ना दिन गएका थिए । नँया शक्ति पाटीका नेता तथा कार्यकर्ताहरुले निर्वाचन कार्यलयको काममा अबरोध गरेपछि १४ जनालाई गिरफतार गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक एकदेव कोइरालाले बताए ।
पक्राउ पर्नेमा नया शक्ति पाटीका केन्द्रिय सदस्य यमुना भुसाल, जिल्ला अध्यक्ष रामबहादुर बिक, टोप बहादुर बलाल लगायतका नेताहरु रहेका छन् ।