‘हिसिलालाई गिरफ्तार गर’ अभियान सुरु
काठमाडौंः नयाँ शक्ति पार्टीकी हिसिला यमीको ‘देशलाई खारेज गर’ भन्ने अभिव्यक्ति दिएको भन्दै ‘हिसिलालाई गिरफ्तार गर’ भन्ने अभियान सुरु भएको छ ।पूर्व सांसद तथा नेताहरुले नै अभियान चलाएर देशको अस्तित्व समाप्त पार्न खोज्ने हिसिला यमीलाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउने माग गरेका हुन् ।
कांग्रेस सांसद धनराज गुरुङ, सुनसरी कांग्रेसकी नेतृ मनिता घिमिरे, एमालेकी पूर्व सांसद शान्ता चौधरी, हालै नयाँ शक्ति छाडेर फोरम लोकतान्त्रिक प्रवेश गरेका देव लिम्बू, पत्रकार राजकुमार रेग्मी र राष्ट्रिय भूमि अघिकार मञ्चकी महासचिव सरस्वती सुब्बाले ‘हिसिलालाई गिरफ्तार गर’ अभियान चलाएका हुन् ।
फेसबुक र ट्विटरबाट उनीहरुले चलाएको यो अभियान अन्र्तगत हजारौंले फेसबुक र ट्विटरमा हिसिलालाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउनुपर्नेमा जोड दिएका छन् ।
‘यो देशलाई खारेज गर’ भन्दै नारा लगाउने हिसिला यमीलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाइयोस्’ त्यसैगरी हजारौंले यही माग र ‘एरेस्ट हिसिला यमी’ ह्यासट्यागमा विचार राखिरहेका छन् ।
यमीले आइतबार राजधानीमा निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ परेपछि प्रहरी नियन्त्रणमा हुदाँ ‘यो देश खारेज गर’ भन्दै नारा लगाएकी थिइन् । उनले लगाएको नाराको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
सांसद धनराज गुरुङले देश खारेज गर भन्नु भनेको देशको अस्तित्व समाप्त पार भनको भन्दै अभियान चलाएको बताए । त्यस्तो नारा लगाउने हिसिलालाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउनुपर्ने उनले बताए ।