एमालेले बनायो वामदेवको संयोजकत्वमा घोषणा पत्र मस्यौदा समिति

एमालेले बनायो वामदेवको संयोजकत्वमा घोषणा पत्र मस्यौदा समिति

काठमाडौंः नेकपा एमालेले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौता समिति गठन गरेको छ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी समितिको बैठकले उपाध्यक्ष गौतमको संयोजकत्वमा १५ सदस्यीय घोषणापत्र मस्यौता समिति गठन गरेको सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

घोषणापत्र मस्यौता समितिमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, नोतहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, डा. पुष्प कँडेल, लालबाबु पण्डित, बिन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य रहेका छन्।

बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति पनि गठन गरेको छ । समितिमा सचिवत्रय पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र योगेश भट्टराई, नेताहरु सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.