कांग्रेस नेता खड्काद्वारा राजीनामा
बाँके: नेपाली कांग्रेस बाँकेका महाधिवेशन प्रतिनिधि अमरबहादुर खड्काले पदबाट राजीनामा दिएका छन्। सोमबार एक विज्ञप्ति जारी गरी उनले पदबाट राजीनामा दिएका गरेका हुन्।
स्थानीय निर्वाचनको संघारमा पार्टीलाई भावनात्मक तथा संगठनात्मक एकता गर्दै मजवुत बनाउनुको सट्टा जिल्ला तथा केन्द्रीय नेतृत्वसमेत गुट उपगुटमा लागेको भन्दै उनले यस्ता क्रियाकलाप सच्चाउन पनि आग्रह गरेका छन्। ‘निर्वाचनको संघारमा पार्टी र संगठनलाई थप मजवुत बनाउनुको सट्टा ‘के थ्री’ (किरण कोइराला, खुमबहादुर खड्का र किशोरसिंह राठोर)ले गुटउपगुट बनाइ पार्टीलाई प्रत्यक्ष हानी हुने गरी क्रिकलाप गरिरहेका छन्’ उनले विज्ञप्तिमा भनेका छन्।'
नेपाल विद्यार्थीसंघबाट नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका उनी नेविसंघ बाँकेका पूर्वअध्यक्ष पनि हुन्। राप्तीपारि निकै चर्चामा रहेका कांग्रेसका युवा नेता उनी, ग्रामीण विद्युतीकरणका संरक्षक, विभिन्न सहकारी संस्थाहरुको अध्यक्ष तथा सिद्देश्वर उमाविको अध्यक्षसमेत भइसकेका छन्। उनी यसअघि नेपाली कांग्रेस बाँकेका संगठन विभाग प्रमुख पनि थिए।