एनसेल कर प्रकरणबारे प्रधानमन्त्रीले लेखा समितिमा जवाफ दिने

एनसेल कर प्रकरणबारे प्रधानमन्त्रीले लेखा समितिमा जवाफ दिने

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिलाई दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर भुक्तानीका विषयमा सरकारले गरिरहेको काम कारवाहीको बारेमा जानकारी दिने भएका छन्।

समितिको यही चैत २७ गते ११ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्रीले सरकारको सम्पूर्ण काम कारबाहीका बारेमा जानकारी गराउने समितिका सभापति डोरप्रसाद उपाध्यायले बताए। सभापति उपाध्यायले समितिको अघिल्लो बैठकको निर्णयअनुसार एनसेलको पूँजीगत लाभकरका विषयमा प्रधानमन्त्रीसँग नै जानकारी लिने निर्णय भएअनुसार बैठकको मिति तय गरिएको हो ।

‘प्रधानमन्त्रीज्यूले बैठकमा नै सबै विषयमा प्रष्ट धारणा राख्छु भन्नुभएको छ । समितिले पनि आवश्यक तयारी गर्छ,'सभापति उपाध्यायले भने। एनसेलको पूँजीगत लाभकरका विषयमा परस्पर विरोधी विषय सार्वजनिक भएपछि संसदीय समितिले प्रधानमन्त्रीको जवाफ मागेको थियो। स्वीडेनको टेलिया सोनेरा कम्पनीले सरकारलाई पूँजीगत लाभकर नतिरी मलेसियन कम्पनी एक्जियाटालाई एनसेलको स्वामित्व हस्तान्तरण गरेको थियो ।कम्पनीका नेपाली साझेदारले १० अर्ब पूँजीगत लाभकर तिरेपनि टेलियाले भने ४३ अर्ब रुपैयाँ पूँजीगत लाभकर हालसम्म तिर्न अस्वीकार गर्दै आएको छ।

उता अर्थ मन्त्रालयले लाभकरका विषयमा भइरहेको प्रगतिका बारेमा जानकारी गराउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको छ । अर्थसचिव शान्तराज सुवेदीले विभागका महानिर्देशक चुडामणि शर्मालाई सो निर्देशन दिएका हुन्। रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.