देवीले ल्याए ‘घर फर्क’ उपन्यास

देवीले ल्याए ‘घर फर्क’ उपन्यास

काठमाडौं : अनुसन्धानकर्ता डा. देवी क्षेत्री दुलालले लेखेको १५औं कृति ‘घर फर्क’ बजारमा आएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ कवि एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले उपन्यास कृतिको विमोचन गरे ।

विदेशी भूमिमा रगत-पसिना बगाउन बाध्य लाखौं नेपाली युवाप्रति लक्षित कृति ब्रदर बुक्स प्रकाशनले बजारमा ल्याएको हो । कृतिमाथि साहित्यकार तथा समालोचक प्रा. डा. गोविन्दराज भट्टराई, साहित्यकार डा. तुलसी भट्टराई र नेपाल प्रगतिशील लेखक संघका महासचिव आरएम डंगोलले टिप्पणी गरे ।

समालोचक भट्टराईले विभिन्न ‘केस स्टडी’का रूपमा यो कृति रहेको टिप्पणी गर्दै पूर्व क्षेत्रबाट यस्तो कृति पहिलो पटक प्रकाशनमा आएको दाबी गरे ।

‘सामाजिक विसंगतिको जीवन्त रूप हेर्न देवीको यो कृति एक अनमोल दस्तावेज हुनेछ । पूर्वबाट यस्तो कुनै कृति आएको थिएन’, उनले भने, ‘यो उनले परित्यक्त गाउँको मायाले लेखे, दिशाहीन युवाको मायाले लेखे । किनभने, देवी तिनै गाउँको मायाले गाउँमै टाँसिएर बसेका छन् ।’

पूर्वकुलपति काइँलाले नेपाली जनशक्ति पलायन भइरहेको भयावह स्थितिमा यस्तो कृति लेखेकोमा उपन्यासकारको प्रशंसा गर्दै ‘घर फर्क’ पढेपछिको अवस्थाबारे समीक्षा हुनुपर्ने धारणा व्यक्त गरे । राजनीति दलहरूको अदूरदर्शिताले सामाजिक स्थिति भयावह बनेको उनको भनाइ थियो ।

लेखक दुलालले उपन्यास कोरा काल्पनिक नरहेको सुनाउँदै पाँच सय २२ ‘केस’ अध्ययनबाट लेखेको बताएका थिए । ‘गाउँबाट सहर जाने, सानो सहरकाहरु ठूलो सहर जाने, ठूला सहरकाहरू संसारका ठूला सहर जाने अनि गाउँका गाउँले युवाहरु विदेशमा गएर श्रम बेच्ने आजको आमप्रवृत्तिप्रति मेरो सरोकार हो’, उनले भने, ‘यो विषयमा आज जे भइरहेको छ यो ठीक भएन भन्ने मेरो बुझाइ हो ।’

लामो समय काठमाडौं बसेका लेखक दुलाल पछिल्ला दिनमा इलाममा बस्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.