गर्भवती महिलाको मृत्युपछि अस्पतालमा तनाव

गर्भवती महिलाको मृत्युपछि अस्पतालमा तनाव

बुटवल : सुत्केरी वेथा लागेर लुम्बिनी अञ्चल अस्पतालमा आएकी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । महिलाका आफन्तले चिकित्सकको लार्पवाहिले महिलाको मृत्यु भएको भन्दै आन्दोलन सुरु गरेका हुन् । उनीहरुले दोषीलाई कारवाहि र क्षतिपूर्तिको माग गर्दै अस्पताल घेराउ गरेका छन् ।

बुटवल–११, न्यु दुर्गानगर निवासी अन्दाजी २७ वर्षिया मिना बुढामगरको सोमबार साँझ अस्पतालमा मृत्यु भएको थियो । बिहान १० बजे हिड्दै अस्पताल आएकी मिनालाई अस्पतालका चिकित्सकले साँझ मृतक घोषणा गरेका थिए । सुत्केरी वेथा लागिरहेका बेला उनले निकै ग्राहो भएको, ओठमुख सुन्निएको र बच्चामाथि सर्न थालेको नर्सहरुलाई भनेकी थिइन् । तर नर्सहरुले उनको कुरा सुन्दै नसुनेका कारण मृत्यु भएको श्रीमान कुलबहादुर बुढाले बताए । ओजिटी गर्न आएका सिकारु नर्सहरुको जिम्मामा छाडेर डाक्टरहरु क्लिनिकमा गएकाले श्रीमती गुमाउनु परेको उनले बताए ।

मजदुर काम गर्दै आइरहेका बुढाको तीन जनाको परिवार सुकुम्बासी बस्तीमा बस्दै आएका छन् । मृतक महिलाको १० वर्षिय छोरा समेत छन् । अस्पतालले मृत्यु भएकी श्रीमतीको शव समेत हेर्न नदिएको श्रीमानले बताए ।

महिलाका आफन्तहरुले मंगलबार बिहानदेखि अस्पतालमा धर्ना दिएका हुन् । अस्पतालमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पतालले भने सुत्केरीको रेखदेख हुदाहुदै मृत्यु भएको जनाएको छ । अस्पतालका प्रवक्ता लक्ष्मीराज रेग्मीले चिकित्सकको लापरवाहि नभएको दाबीइ गरे ।
महिलालाई डा. विष्णु गौतम, डा. शिला क्षेत्री र डा. श्रीधर आचार्यले उनको केश हेरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.