हात्तीको आक्रमणबाट दुईको मृत्यु, चार घाइते

हात्तीको आक्रमणबाट दुईको मृत्यु, चार घाइते

धरान : सप्तरीको हनुमाननगरमा जङ्गली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणमा परी अन्य चारजना घाइते भएका छन्।

मंगलबार हनुमाननगरमा लाग्ने मंगलबारे बजार क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरी सर्वसाधारणलाई आक्रमण गर्न थालेको थियो। हात्तीको आक्रमणबाट घाइते भएका सप्तरी हनुमाननगरका २२ बर्षीय रोशनकुमार झा र २८ वर्षका सञ्जयकुमार साफीको मृत्यु भएको हो।

हात्तीको आक्रमणमा परी घाइते भएका उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिए।

एसपी पोखरेलका अनुसार जङ्गली हात्तीको आक्रमणमा परी हनुमाननगरकै २६ बर्षका सञ्जीवकुमार साह, १४ बर्षका इस्ताक अली, २५ बर्षका कालिचरण साह र १५ बर्षकी रविना खातुन घाइते भएका छन्। घाइते चारै जनाको प्रतिष्ठानमै उपचार भइराखेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.