नेपाली सेनाका जवान सम्पर्कविहीन
खोटाङ: घर बिदा सकेर ब्यारेक फर्कंदै गरेका नेपाली सेनाका एक जवान सात दिनदेखि सम्पर्कविहीन भएका छन्।
सुनसरीको बराह नगरपालिका-५ भरौल घर भई खोटाङको दिक्तेलस्थित शेरगण मुडे ब्यारेकमार्फत सोलुखुम्बुको डाँडाखर्क पोष्टमा कार्यरत ३३ वर्षीय अर्जुन थापा गत चैत १६ गतेदेखि सम्पर्कविहीन भएका हुन्।
चैत १५ गते हाजिर हुनेगरी १५ दिनको घर बिदामा गएका थापाले दुई दिनपछि चैत १७ गतेमात्र ब्यारेक आइपुग्ने बताएको शेरगण मुडे ब्यारेकले जनाएको छ। चैत १६ गते नै घरबाट हिँडेका उनले सोही दिन बेलुका ओखलढुङ्गा आइपुगेर टेलिफोन सम्पर्क गरेका थिए।
थापाले ओखलढुङ्गा पुगँे भनेर घरमा सम्पर्क गरेको उहाँका दाजु गणेशले बताए' 'त्यसपछि सम्पर्कमा आउनु भएको छैन्।' थापा नेपाली सेनाको पूर्वी पृतना इटहरीमा दरबन्दी भई शेरगण मुडे ब्यारेकमा छ महिनाअघिदेखि काजमा खटिएर खोटाङ आएका थिए। रासस