सिन्धुलीमा २८ हजार मतदाता थपियो

सिन्धुलीमा २८ हजार मतदाता थपियो


सिन्धुली: सिन्धुलीमा २८ हजार मतदाता बढेको छ। अहिले जिल्लामा मतदाताको सङ्ख्या १ लाख ६८ हजार २ सय ४७ पुगेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ। अघिल्लो संविधान सभाको चुनावमा सिन्धुलीमा १ लाख ४० हजार मतदाता रहेका थिए।

अबको स्थानीय तहको निर्वाचनमा ८५ हजार ३ सय ९ पुरुष र ८२ हजार ९ सय ३८ जना महिलाले मतदान गर्न पाउने भएका छन्। सिन्धुलीमा २ नगरपालिका र ७ गाउँपालिका भएपनि निर्वाचन आयोगले मतदान स्थलका लागि नामावली नपठाउँदा कुन मतदान केन्द्रबाट कतिले मतदान गर्नेछन् भन्ने विवरण नआएको कार्यालयले जनाएको छ।

निर्वाचन आयोगले अद्यावधिक गरिएको मतदाता नामावलीको सूची कार्यालयमा पठाएको निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिए। अहिले थप भएर आएका मतदाताहरुले विवरण त्रुटि भएमा सच्याउन नपाउने निर्वाचन अधिकारी जोशीले बताए।

उनका अनुसार निर्वाचन कार्यालयले यस अघि विभिन्न समयमा मतदाता नामावली प्रकाशन गरेको र त्यस बखत त्रुटि सच्याउन नआउनेको अहिले सच्याउन सकिँदैन।

यस्तै, सिन्धुलीमा वैशाख १ गतेदेखि नै गाउँ गाउँमा मतदाता कक्षा सञ्चालन गरिने भएको छ। नव वर्षको पहिलो दिनदेखि नै मतदाता कक्षा सञ्चालन गर्ने जिल्ला निर्वाचन कार्यालय सिन्धुलीको योजना छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.