एमालेको घोषणापत्रमा समाजवादको खाका आउने
काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको निर्वाचनका लागि समाजवाद प्राप्तिको खाकासहितको घोषणापत्र तयार गर्न लागेको छ । घोषणापत्र जनता समक्ष लैजाने प्रक्रिया अगाडि बढाउन सो पार्टीले छलफल थालेको हो ।
उपाध्यक्ष वामदेव गौतमको अध्यक्षतामा गठित घोषणापत्र मस्यौदा समितिको मंगलबार बसेको बैठकमा संविधानसभा मार्फत जारी संविधानले अवको कार्यभार आर्थिक सामाजिक रुपान्तरण मार्फत समाजवाद उन्मुख तय गरिएकोले सोही आधारमा छलफल अगाडि बढाइएको सचिव योगेश भट्टराईले जानकारी दिए ।
गौतम निवास भैसेपाटीमा बसेको बैठकमा राष्ट्रियताको प्रबद्र्धन,शिक्षा,स्वास्थ्य,यातायात,स्थानीय स्वायत्तता,रोजगारीलाई चुनावी एजेण्डा बनाउने बारेमा छलफल भएको थियो । सबै भन्दा बढी अधिकार स्थानीय तहमा पुरयाउने र सोही आधारमा नारा तय गर्ने बारेमा बैठकमा छलफल भएको थियो । पार्टीमा आबद्ध बिज्ञहरुका सुझाव पनि घोषणापत्रमा समेटिने बैठकमा सहभागी नेताहरुले बताएका छन ।
दुइ दशकपछि आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी हुन प्रवासमा रहेका नेपालीहरुलाई स्वदेश फर्केर सक्रियतापूर्वक भाग लिन पनि एमालेले आब्हान गरेको सचिव भट्टराईले बताए ।