निर्वाचनको तयारीका बारेमा वेलायतको चासो

निर्वाचनको तयारीका बारेमा वेलायतको चासो

काठमाडौं:वेलायतले नेपालमा आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारीका बारेमा चासो व्यक्त गरेको छ । नेपालका लागि वेलायती राजदूत रिचर्ड मरिसले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिसँग मंगलबार दिउसो गृहमन्त्रालयमा भेट गरी त्यस्तो चासो व्यक्त गरेका हुन ।


गृहमन्त्री निधिले राजदूत रिचर्डलाई स्थानीय तहको निर्वाचनको तयारीका बारेमा जानकारी गराउँदै निर्वाचनका लागि आवश्यक लजिष्टिक सहयोगका लागि आग्रह गरेको गृहमन्त्रालयले जनाएको छ । प्रेस संयोजक रामजी दाहालका अनुसार लामोसमयदेखि वेलायत सरकारले नेपालको विकास निर्माणमा गरेको सहयोगका लागि उपप्रधानमन्त्री निधिले धन्यवाद दिएका एि भने राजदूत रिचर्डले आगामी दिनमा दुई देशका वीचमा आपसी सहयोग र मित्रता बढदै जाने बिश्वास व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.