१२ हिमाल आरोहण गर्न २३९ लाई अनुमति

१२ हिमाल आरोहण गर्न २३९ लाई अनुमति

काठमाडौः हिमाल आरोहणको मौसम सुरु भएसँगै पर्यटन विभागले १२ वटा हिमाल आरोहणका लागि दुई सय ३९ जना विदेशीलाई आरोहण अनुमति दिएका छन् । सोमबारसम्म विभागले १२ हिमालमा ३० वटा आरोहण दल रहने गरी आरोहणका लागि अनुमति दिएको विभागका निमित्त महानिर्देशक दुर्गादत्त ढकालले बताए ।

पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को ३ नम्बर बुँदामा पर्वतारोहणका लागि अनुमति लिनुपर्ने व्यवस्थाअनुसार दिइएको अनुमतिमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि १७ दलका एक सय ४७ जना छन् । नुत्सेका लागि दुई आरोहण दलका १९ जना, आमादब्लम एक आरोहण दलबाट ११ जना, अन्नपूर्ण पहिलो दुई आरोहण दलबाट १० जना, धौलागिरि एक आरोहण दलबाट १५ जना, मकालु ६ जना, ल्होत्सेका लागि ९ जना आरोहीले आरोहण अनुमति लिएको विभागले जनायो । बाँकी अग्ला हिमालमध्ये कञ्चनजंघा आरोहणका लागि समाचार संकलनसम्म अनुमति लिएका छैनन् । विभागको तथ्यांकअनुसार सन् २०१४ सम्ममा चार हजार चार सय २८ जनाले सगरमाथाको सफल अरोहण गरेका छन् । त्यसमा दुई सय ७९ जना महिला छन् ।

तीन वर्षअघि गएको भूकम्प र हिमपहिरोका कारण दर्जनौं मानिसको मृत्यु भएपछि हिमाल आरोहण पूरै ठप्प भएको थियो । यस वर्ष आरोहण सिजनको सुरुआतमै अनुमति लिने आरोहीको संख्या ह्वात्तै बढेको महानिर्देशक ढकालले जनायो । सरकारले ६ हजारदेखि आठ हजार मिटरसम्मका आरोहण गर्न यकिन गरेको हिमालमध्ये एक सय ८६ मानवपाइला पुग्न बाँकी रहेको तथ्यांक छ ।

सरकारले चार सय १४ हिमाल आरोहणका लागि खुला गरेका छन् । आरोहणका लागि खुला गरिएका हिमालमध्ये आरोहीले सगरमाथा र धौलागिरिमा मात्र रोज्ने गरेको तथ्यांक छ । केही हिमालमा आरोहीको भीड हुने र अधिकांश हिमालमा आरोहण नगरिने भएकाले यसको प्रचारप्रसार गरी आरोहण योग्य बनाउन लागि परेकोले थप हिमाल आरोहणका लागि सहज बनाउन विभाग लागिपरेको जनायो ।

कञ्चनजंघा तीन सय ४४ जना, ल्होत्से पाँच सय ५५ जना, यालुङकाङ ५३ जना, मकालु चार सय ३४ जना, छ्यो यू चार सय ६५ जना, मनास्लु एक हजार ७९ जना र अन्नपूर्ण पहिलो दुई सय २२ जनाले सफल आरोहण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.