हावाहुरी र असिनाले सास्ती

हावाहुरी र असिनाले सास्ती

चन्द्रपुर : रौतहटमा आएको हावाहुरी र असिनापानीले तीन हजारभन्दा बढी घरमा क्षति पुर्याएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वृन्दावन गाउँपालिकाको बस्तीका दुई हजार आठ सयभन्दा बढी घरमा हावाहुरीले क्षति गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । क्षतिको संकलन गर्दा अझै धेरैको घर छुटेको स्थानीय मदन सापकोटाले बताए ।

कृषि कार्यालय र स्थानीय प्रशासनको टोलीले संकलन गरेको क्षतिको विवरणमा १० करोड रुपैयाँभन्दा बढी कृषिक्षेत्र र करिब चार करोड रुपैयाँबराबरको घरमा क्षति पुगेको छ । हावाहुरी र असिनापानीले घरको छानामा लगाएको खपडा, टायल फुटाएको छ भने झुपडीका छानासमेत उडाएको थियो ।जिल्लाको सन्तपुर, बैजनाथपुर, बिनवाटोल, खौरा, चेतनगर, अल्टोकी, सिन्धुरेघारीलगायत वृन्दावन गाउँपालिकाको बलेरीटोलका बासिन्दा घरको छाना नभएपछि बिचल्लीमा परेका छन् ।

सन्तपुर र बैजनाथपुर टोलमा मात्रै चार सयभन्दा बढी घरमा क्षति पुगेको छ । त्यसमा पनि सबैभन्दा बढी चेतनगर र खौराटोलमा हावाहुरी र असिनापानीले सबैभन्दा बढी घरमा क्षति गरेको छ । हावाहुरी र असिनाले खपटा फुटाएपछि घरमा बस्न समस्या भएको खौराटोलका जोगेन्द्र साहले बताए । चेतनगरका रामचन्द्र चौधरीले घरको छाना उडाएकाले घरमा बस्न भएको बताएका छन् ।

हावाहुरी र असिनापानीले घरको छानामा लगाइएको टायल फुटाएको छ भने छानासमेत उडाएको छ ।

चेतनगरटोलमा रहेको करिब ४० वटा मुसहरको फुसको झुपडीको छाना उडाएको छ । गरिब तथा दलित बस्तीमा बस्दै आएका हजारैाँ मानिस पीडित छन् । बालबालिका तथा वृद्धवृद्धा थप पीडित बनेका छन् ।

दिनहुँजसो हावाहुरी आउने गरेकाले राति घरभित्र बस्न अप्ठ्यारो भएको पीडितले बताएका छन् । खपटाले छाएको अधिकांश घरमा क्षति पुगेका र एकैपटक लाखौं खपटा आवश्यक भएकाले छाना छाउन खपटासमेत अभाव भएको सन्तपुरका स्थानीय विनोद चौधरीले बताए ।

तत्काल कहींकतैबाट राहत नपाएका पीडितको गुनासो छ । पीडितलाई त्रिपाललगायत आवश्यक सामग्री तत्काल वितरण गर्न जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको एमाले चन्द्रपुर नगर कमिटीका सचिव राजेन्द्र तिवारीले जानकारी दिए । हावाहुरीका कारण त्यस क्षेत्रमा १० करोड रुपैयाँभन्दा बढीको अन्नबाली, तराकारी तथा फलफूल खेती नष्ट भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.