गोबध बन्द गर्न मुस्लिम धर्मगुरुको आह्वान

गोबध बन्द गर्न मुस्लिम धर्मगुरुको आह्वान

नयाँदिल्लीः मुस्लिम धर्मगुरु हजरत ख्वाजा मोइनुद्दिन दरगाह दिवान सैयद जैनुल आबेदिन अली खानले मंगलबार भारत सरकारसँग देशभर गोबध र यसको मासु विक्रीमा रोक लगाउन माग गर्दै मुस्लिम धर्मावलम्बीलाई गोमांस खान छोड्न आग्रह गरेका छन् ।

गोमांसकै कारण हिन्दु र मुस्लिमबीच वैमनस्य बढ्न सक्ने भएकाले यस्तो आग्रह गरेका हुन् । भारतभर शान्ति र भाइचारा कायम राख्न आफूभन्दा पहिलेका ख्वाजा मोइनुद्दिन हसन चिस्तीले पनि गोमांस त्याग गरेको उनले स्मरण गरे । सद्भावना कायम गर्न आफूले यस्तो आग्रह गरेको उनले स्पष्ट पारे ।

उनले अजमेरमा आयोजित समारोहलाई सम्बोधन गर्दै भने गाईको मासुको विवादलाई लिएर हिन्दु र मुस्लिमबीचको भाइचारा मासिन सक्ने उनको आशंका थियो । हाम्रै समाजका दाजुभाइले आमा भनेर सम्मान गर्ने प्राणीको मासु चाहिन्छ भनेर बखेडा गर्नु कसैको हितमा नहुने उनको भनाइ थियो । गाईको मासु खान छोडेमा हिन्दुले पनि आफ्नो सम्प्रदायका कुराको सम्मान गर्ने उनको कथन छ ।

सयौं वर्षदेखि मिलेर बसेको समाजमा सद्भाव कायम गर्ने कुरा कसैल गर्छ भने आफूहरूले पनि केही त्याग गर्नुपर्ने उनको आह्वान थियो । दरगाह दिवानले गुजरात सरकारद्वारा गुजरात विधानसभामा पशु संरक्षण (संशोधन) अधिनियम २०११ पारित भएको विधेयकको स्वागत गरेका थिए ।

दिवानले भने, ‘केन्द्र सरकारले गोबधमाथि कानुन बनाएर आजीवन कारावासको सजाय गर्नुपर्ने र गाईलाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्ने माग गरे । हिन्दुहरूको आस्थाको प्रतीक भएकाले यदि सरकारले गाई बचाउन चाहन्छ भने सबैले साथ दिनुपर्ने उनले आग्रह गरे । कसैको धर्म र आस्थाको प्रतीकलाई उसकै अगाडि मार्न पाऊँ भन्नु धर्मसंगत नभएको उनले बताए ।

यसैगरी उनले तीनपटक तलाक भनेर महिलामाथि भइरहेको दुव्र्यवहार कुरानविरोधी भएको स्पष्ट पारे । जब विवाह एकान्तमा हुँदैन भने तलाक कसरी एकान्तमा हुन सक्छ भन्दै प्रश्न गरे । कुरानमा समाजमा महिलाको गरिमा, सम्मान र सुरक्षा सुनिश्चित गर्नुपर्ने विभिन्न नियमको व्यवस्था गरिएको बताउँदै तलाक अल्लाहको भावना विपरीत भएको बताए । विवाह हुँदा दुई परिवार आवश्यक हुने तर तलाक एउटै पक्षले अर्को पक्षलाई मौका नदिई गरिनु उचित हुनै नसक्ने उनको राय थियो ।

क्षणिक भावावेशमा आएर परिवार ध्वस्त हुने डरले तीनपटक समय दिइएको उनले स्पष्ट पारे । अचेल एक मिनेटभित्रै तीनपल्ट तलाक भनेर धार्मिक भावनाको सम्मान नगरिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.