नाट्य क्षेत्रमा एक्ली मधेसी महिला 

नाट्य क्षेत्रमा एक्ली मधेसी महिला 

जनकपुरधामः घरबाट निस्केर सामान्य कामकाज अपनाउनसमेत गाह्रो पर्ने मधेसी महिलाका लागि प्रियंका झा प्रेरणाकी पात्र हुन् । १८ वर्षदेखि मिथिला कला संस्कृति उत्थानका साथै नाट्य क्षेत्रमा समर्पित प्रियंका अहिले नाटक निर्देशन गर्दै गाउँगाउँमा जनचेतना फैलाउने अभियानमा छिन् । उनी एक्लो मधेसी महिला निर्देशक बनेकी छन् ।

मधेसमा महिला अघि बढ्नुपर्छ उनीहरूले समाजका कुरीतिविरुद्ध आवाज उठाउनुपर्छ भनेर भाषण दिने थुप्रै देखिए पनि आफ्ना छोरीबुहारीलाई नाटक वा कलाकारिताको क्षेत्रमा आउन दिने आँट धेरै थोरैले गर्न सकेका छन् । प्रियंकाका बुवा प्रसिद्ध नाटककार रमेशरञ्जन झाले छोरीलाई यस क्षेत्रमा आउन हौसला दिए पनि मैथिल समाजमा नाटकलाई नै प्रमुख पेसा बनाएर अघि बढ्न प्रियंकाले एक्लै लड्नु परेको हो ।

लामो समयदेखि यसै पेसामा लागिराख्दा समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा खासै फरक नआएको प्रियंकाको अनुभव छ । तर, आफूले महिला अधिकारसहित विभिन्न समाजका कुरीतिको विरोधमा जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएका नाटकहरू लिएर गाउँमा पस्दा त्यहाँका छोरीबुहारीमा देखिने उत्साह नै आफ्ना लागि ठूलो उपलब्धि भएको प्रियंका बताउँछिन् ।

महिला घरबाट निस्कने बित्तिकै उसको विषयमा नकारात्मक टिप्पणी गर्ने, उसको कामलाई मूल्यांकन नै नगरी उसको चरित्रलाई कोट्याइराख्ने समाजमा कलाकारदेखि निर्देशिका बन्दासम्मको यात्रा सहज नभएको प्रियंकाको अनुभूति छ । तर, आफ्नो कर्ममाथि सदैव विश्वास गर्ने उनले हिम्मत नहारी समाजले दिएका पीडालाई नै नाटकको विषयवस्तु बनाएर व्यंग्यसमेत गर्ने गरेकी छन् ।

हाल प्रियंकाले निर्देशन गरेको ‘परिवर्तन’ सडकनाटक लिएर उनी तराईका आठ जिल्लामा पुगिन् । उक्त सडक नाटकको सिरहा, सप्तरी, धनुषा र महोत्तरीमा ४० वटा सो मञ्चन हुनेछ । स्वास्थ्य, सरसफाइ लगायतका विषयमा जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको नाटकको निर्देशन गर्ने मौका पहिलोपटक पाएकी प्रियंकाले केही महिनाअघि पूर्वका विभिन्न स्थानमा मञ्चन गरिएको ‘सखी’ नाटकबाट पनि निकै चर्चा पाएकी थिइन् ।

सयौं नाटक खेलिसकेकी प्रियंकाले हालसम्म चारवटा फिचर फिल्ममा समेत अभिनय कौशल देखाइसकेकी छन् । उनले नेपाली फिल्म ‘जात्रा’मा गरेको अभिनयबाट निकै प्रसंशा पाइन् । प्रियंकाले नेपालमात्र नभई भारत र विदेशमा समेत मैथिली नाटकहरू मञ्चन गरिसकेकी छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.