कपिल्वस्तुमा गहुँ उत्पादन बढ्ने

कपिल्वस्तुमा गहुँ उत्पादन बढ्ने

तौलिहवा : कपिलवस्तुमा यस वर्ष गहुँ उत्पादन २० प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । अनुकूल मौसम, रासायनिक मलको पर्याप्त उपलब्धता, रोगकीराको प्रकोपको कमी र गहुँ उत्पादन क्षेत्रफल पनि बढेका कारण गत वर्षको तुलनामा उत्पादन बढ्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

यस वर्ष जिल्लामा ३० हजार एक सय २१ हेक्टरमा गहुँखेती गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष ९६ हजार आठ सय ८३ मेट्रिक टन गहुँको उत्पादन हुने अनुमान गरिएको छ । अघिल्ला दुई वर्षमा जिल्लामा २७ हजार नौ सय २७ हेक्टर जग्गाको क्षेत्रफलमा गहुँ लगाइएकामा ८४ हजार चार सय ५१ मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

यस वर्ष क्षेत्रफलमा बढ्नु र मौसमले समेत साथ दिएकाले गहुँ उत्पादन वृद्धि हुने कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत राकेशकुमार ओझाले बताए ।कार्यालयले यस वर्ष ५० प्रतिशत अनुदान, एक सय हेक्टर जग्गाको क्षेत्रफलका लागि १.२ मेट्रिक टनका गहुँ वितरण गरेको र क्षेत्रीय कार्यालयले कृषकका लागि ४० प्रतिशत अनुदानमा ५० टनका हाराहारीमा गहुँको बिउ वितरण गरेको कार्यालय प्रमुख ओझाले बताए । कुल गहुँखेतको करिब ५० प्रतिशत मात्रै सिँचाइ सुविधा उपलब्ध भए पनि गहुँखेतीलाई आवश्यकता अनुसारका वर्षा भएका कारण फस्टाएको कृषक बताउँछन् ।


गहुँ उत्पादन बढ्ने भएपछि किसान निकै उत्साही भएको कपिलवस्तु नगरपालिका वडा नं २ सागरटोलका किसान रामप्रसाद लम्सालले बताए । जिल्लाको कुल ८३ हजार खेतीयोग्य जमिन भए पनि ८१ हजरा पाँच सय ७६ हेक्टरमा मात्रै खेती हँदै आएको छ । समयानुकुल वर्षा हुँदा जमिनमा चिस्यान भएका कारण गहुँ उत्पादन बढेको बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठीले बताए । यस वर्ष जिल्लामा विजय, भृकुटी, गौतम, आदित्य, एनएल २५१ लगायत जातका गहँको खेती गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.