आगलागीबाट ३५ लाखको क्षती
दमकः झापाको मेचीनगर नगरपालिका-१ बस्ने पदम चौलागाईको २ तले घरमा मंगलबार राती आगलागी हुदा ३५ लाख बढीको क्षती भएको छ ।
बेलुका ९ बजेतिर विद्युत सर्ट भइ अचानक लागेको आगोले उनको घर तथा घरभित्र भएको नगद ७ लाख १० तोला सुन, कम्प्युटर लगायत सम्पूर्ण समान समेत जलेर नष्ट भएको छ ।
आगलागी प्रहरी चौकी बाहुनडँगीबाट खटिएको प्रहरीको टोली, स्थानियवासी र दमकलको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।