सप्तकोशी पीडितका माग सम्बोधन गर्न राष्ट्रपतिद्धारा नेपाल र भारत सरकारको ध्यानाकर्षण
धरान : राष्ट्रपति विद्या भण्डारीले सप्तकोसी नदीको विनास नियन्त्रण गरी तत्काल कोसी पीडितहरुलाई राहत वितरण गर्न सरकारलाई निर्देशन दिएकी छिन । सुनसरीको बराहा नगरपालिकास्थित चतराधाममा बुधवार आयोेजित प्रस्तावित यागमाया आयुर्बेद विश्व विद्यालय स्थापना गर्ने वारे गरिएको छलफल कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएकी हुन् ।
रामनवमीको अबसर पारेर प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र धामको दर्शन गर्न आएकी राष्ट्रपति भण्डारीले चतरामा आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै कोसी पिडितको समस्याले आफ्नो ध्यानाकर्षण भएको भन्दै यस विषयमा सरकारलाई जानकारी गराउने समेत प्रतिबद्धता जनाएकी छिन् । उनले सप्तकोसीको विनासबाट हुने क्षतिको न्युनीकरण गर्न नेपाल सरकारले तत्काल भारत सरकारसंग पहल गरी सप्तकोसीको विनास नियन्त्रण गर्न समेत सरकारको ध्यानकर्षण गराएकि छिन् । उनले सप्तकोसी नदीबाट विस्तापित भएका सर्बसाधारणको गास, बाँस र कपासको व्यबस्था मिलाउन समेत सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
सप्तकोसी नदीमा २०२२ सालमा कोसी ब्यारेज निर्माण भएसंगै सुनसरी, उदयपुर र सप्तरी जिल्ल्लाका करिव १५ हजार सर्बसाधारण घरवार विहिन भई सुकुम्वासी जीवन विताई रहेका छन् । भण्डारीले प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्रको विकास र संरक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराएकी थिइन ।
उनले देश यतिबेला स्थानिय निर्वाचनको तयारीमा रहेकाले आगामी बैशाख ३१ गते हुने निर्वाचनमा भाग लिएर सविधान कार्यान्यनमा सघाउन सर्बसाधारणलाई आग्रह समेत गरेकि छिन् । भण्डारीले २०२२ सालदेखि सप्तकोसी नदीले विनास गरेको सुनसरी, उदयपुर र सप्तरी जिल्लाको अबस्थाको हेलिकप्टरबाट अबलोकन समेत गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीलाई सुनसरी क्षेत्र नमबर ६ का संसद भीम आचार्यले कासी पिडितले राहत नपाएको बर्षेनी सप्तकोसीको बाढीबाट सयौ सर्बसाधारण घरवार विहिन परेको भन्दै राहत र क्षतिपुर्ति दिलाई दिन राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए । उनले राष्टपति भण्डारीलाई भारत भ्रमणमा गएका बेला भारतीय राष्ट्रपति र भारतीय प्रधानमन्त्री समक्ष कोसीको समस्याका विषयमा कुरा राख्न र सहमति अनुसारको क्षतिपुर्ति दिलाई दिन समेत माग गरेका छन् ।
सोहि कार्यक्रममा राष्ट्रपति भण्डाीलाई बराह नगरपालिकाको तर्फबाट र रामानन्दचार्य सेवा पिठका तर्फबाट सम्मान गरिएको थियो । भण्डारीलाई संसद आचार्य र पिठका संरक्षक सिद्धबाबा कृष्णदासले कदरपत्र दिएर सम्मान गरेका थिए ।