इराकमा हवाई आक्रमण र भुकम्प, ३६ जनाभन्दा बढीको मृत्यु

इराकमा हवाई आक्रमण र भुकम्प, ३६ जनाभन्दा बढीको मृत्यु

टिक्रिट: इराकको सलाउद्धिन प्रदेशमा पर्ने टिक्रिटमा इश्लामिक इस्टेट (आइएस) लडाकुहरुले गरेको हवाइ आक्रमणमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने अरु २८ जना घाइते भएका छन्।

मङ्गलबार राति आइएस लडाकुहरु सैनिकको पोशाकमा आएर आक्रमण गरेको सुरक्षा अधिकारीले जनाएका छन्। उनीहरुले सुरक्षा चेकप्वाईन्ट र त्यससँगै रहेका आमनागरिकहरुको घरहरुमा अक्रमण गरेका हुन्।

इराकको राजधानी बगदाददेखि १७० किलोमिटर उत्तरतर्फ पर्ने टिक्रिटको पश्चिमी भागमा उनीहरुले अन्धाधुन्दा आक्रमण गरेको एक जना प्रहरी अधिकारीले बताएका छन्।

भिडन्तमा परी मृत्यु भएका मध्ये कम्तीमा पाँच जना आइएस लडाकुहरु रहेका छन्। आक्रमणबाट पीडितमध्ये अधिकांश आम नागरिक र केही सुरक्षाकर्मी रहेका छन्। घाइतेहरु पनि अधिकांश आम नागरिक र सुरक्षाकर्मी नै रहेका छन्।

सलाहुद्धिन प्रदेशका गभर्नरले भिडन्त भएको क्षेत्रमा बुधबार कफ्र्यु लगाइएको बताएका छ। यसैबीच, इराककै उत्तरपूर्बी खोराजान रजाभी प्रदेशमा भूकम्प आउदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन्।

स्थानीय समयअनुसार बुधबार विहान १०.३९ बजे ६ म्याग्नीच्युडको भूकम्प गएको इराकको अर्धसरकारी समाचार संस्था आइएसएनएले जनाएको छ। भूकम्पको कम्पन सेफिड साङमा बढी महशुष गरिएको थियो।

घटनास्थलमा उद्धारकर्ताहरुको टोली परिचान भइरहेको सरकारी टेलिभिजन आइआरआइबी टिभिले जनाएको छ। भूकम्पपछि त्यो भन्दा साना केही पराकम्पहरु पनि गइरहेको जनाइएको छ। भूकम्पका कारण विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको छ भने आम नागरिकहरु घरबाहिर खुल्ला ठाउँमा बसेका छन्। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.