चुनावमा भाग नलिने जनतावाट तिरस्कृत : उपप्रधानमन्त्री थापा

चुनावमा भाग नलिने जनतावाट तिरस्कृत : उपप्रधानमन्त्री थापा

नुवाकोट : उपप्रधान एवं संघीय मामीला तथा स्थानीय विकासमन्त्री कमल थापाले देशमा १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचन पहिलेको भन्दा ऐतिहासिक रहेको कारण विरोध गरिरहेकाहरु सहभागी हुने वताएका छन् । जनताका प्रतिनिधिहरुद्वारा निर्मित संविधान सभाले निर्दिष्ट गरेको लक्ष्य अनुसार नै स्थानीय तहको निर्वाचन हुन लागेका कारण यो निर्वाचनमा भाग नलिनेहरु स्वत जनतावाट नवीकरण नहुने उनले बताएका हुन् ।
नुवाकोटको विदुरमा वुधवार आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला भेलाको उद्घाटन गर्दै सो पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री थापाले संविधानको कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेको वताए । आगामी वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनको विरोध गरिरहेकाहरुलाई मिलाएर सहमतिमा सरकारले तोकिएकै मितिमा निर्वाचन गर्न लागेको उनले वताए ।
थापाले केहि दिनभित्रै असन्तुष्ट मधेशवादीलगायतका शक्तिहरुलाई सहमतिमा ल्याएर सरकारले स्थानीय तहको निर्वाचन समयमै गर्न लागेका कारण निर्वाचन हुनेमा शंका नगर्न सबैलाई आग्रह गरे । देशलाई सफल वनाउन सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट हुनुको विकल्प नरहेको पनि उपप्रधानमन्त्री थापाले वताए ।
थापाले लामो समय पछि हुन लागेको स्थानीय तहको निर्वाचनपछि देशमा सकारात्मक परिर्वतन हुने दावी गर्दै देशलाई विखण्डित हुनवाट जोगाउनु पर्ने वताए । उनले निर्वाचनवाटै देशमा राष्ट्रवादी जग स्थापित हुने ठहर गरे । निर्वाचन प्रजातान्त्रिक अभ्यास भएको उल्लेख गर्दै यसबाट कोही पनि विमुख हुन नहुने धारणा राखे ।
उपप्रधानमन्त्री थापाले २०६२/०६३ पछि ठुला दलहरुले देशमा परिवर्तनको नाममा गरिएको विभन्न क्रियाकलापको कारण देशमा ठुलो संकट आएको आरोप लगाए । उनले धर्म निरपेक्षताको आडमा विदेशीले खडा गरेको दस्तावेजमा दलहरुले सहिछाप गरेकाले देशमा अनेक चलखेल सुरु भएको वताए ।
थापाले दलहरुले परिवर्तन र नयां नेपाल वनाउने वहानामा नेपालको पहिचानलाई मासेको कारण जातीयतको आधारमा देशमा संघीयताको विजारोपण गरिएको आरोप लगाए । देशमा राष्ट्रिय अखण्डतामाथि प्रश्नचिन्ह खडा भएको उनले बताए । देशमा सदियौंदेखिको सनातन हिन्दु धर्मलाई विर्सिएर समस्या निम्ताउने काम ठुला दलहरुले गरेको कारण यसको दोषी उनीहरु नै हुनु पर्ने थापाले वताए ।
ठुला दलहरुले देशको पहिचान बोकेको हिन्दुराज्यलाई धर्म निरपेक्षता कायम गरेर ओमकार परिवार माथि अपमान गरी विदेशी धर्मको प्रोत्साहन गरेको आरोप लगाउंदै अहिले नागरिकता, प्रशासन, शिक्षण संस्था, संवैधानिक निकायमा समेत हस्तक्षेप गरी ठुला दलहरुले भागवण्डामा देश चलाइरहेको वताए । उनले दलहरुले परिवर्तनलाई आत्मसाथ गर्ने वहानामा देशमा जनताको नीति नै उल्लंघन गरिरहेको ठहर गरे ।
उपप्रधानमन्त्री थापाले अबको स्थानीय तहको निर्बाचनमा सहभागी भएर सवै दललाई जनतावाट अनुमोदित हुन आग्रह गरे । थापाले २ सय ५० वर्ष अगाडि नै पृथ्वीनारायण शाहले नुवाकोटवाटै देशको एकिकरण सुरु गरि नयाँ नेपाल बनाएको र त्यसको योगदान विर्सिएको दावी गर्दै नेपाली काग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले देशलाई संकटमा पु¥याएको आरोप लगाए ।
थापाले नुवाकोटका पुराना राजनीतिज्ञ तथा पार्टीका पुर्व राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गर्दा आफु र आफनो पार्टी नै दुःखी भएको दावी गर्दै लोहनीलाई विभिन्न कुरा सुनाएर अन्य शक्तिले उचालेकोे आशंका व्यक्त गरे । थापाले लोहनी केहि समय पछि पुन राप्रपामा फर्कने विश्वास व्यक्त पनि गरे ।
कार्यक्रममा राप्रपाका केन्द्रीय उपाध्यक्ष तथा पुर्वमन्त्री वुद्धिमान तामाङले लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेका कारण कोहि शक्तिले रोक्न खोजे त्यस्ता शक्तिलाई जनताले मुल्यांकन गर्ने वताए । गणतन्त्रमा जनता भन्दा माथि कोहि पनि हुन नसक्ने भएका कारण जनताले साथ दिनु नै जनसमर्थन भएको उनले वताए ।
सोही कार्यक्रममा पर्यटन राज्यमन्त्री परशुराम तामाङले निर्वाचनमा सहभागी भएर स्थानीय जनप्रतिनिधि चुनेर स्थानीय क्षेत्रको विकासमा सहभागी हुन सवैलाई आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.