दलाइ लामाको यात्राले चीन सशंकित
एजेन्सी: तिब्बती धर्मगुरु दलाई लामा भारतको अरुणाचल प्रदेशको यात्रामा निस्किएपछि चीनले कडा विरोध गरेको छ। लामाको यात्रालाई भारत-चीन सम्बन्धमा ठूलो क्षति पुगेको भन्दै उसले विरोध जनाएको हो।
उसले विरोध गर्दै भनेको छ, 'भारतले लामालाई अरुणाञ्चल प्रवेश गर्न दिनुहुँदैनथ्यो।तर उसको प्रवेशले भारत र चीनबीचको सम्बन्धमा खतरा आउन सक्छ।'
समाचार एजेन्सीका अनुसार चीनले भनेको छ 'तिब्बती धर्मगुरुलाई सीमा विवादित क्षेत्रमा जान दिनु नै भारत-चीन सम्बन्धमा गम्भीर असर पुर्याउन हो।'
यता भारतले भने दलाई लामाको यात्रा विशुद्ध धार्मिक रहेको बताएका छन्। गृह राज्य मन्त्री किरण रिजिजुले ट्विट मार्फत भनेकी छिन्, ' भारत एउटा संघीय लोकतान्त्रिक देश हो। त्यसकारण यहाँ कुनै धार्मिक नेतालाई आउन प्रतिबन्ध लगाउन सकिँदैन। यसलाई चीनले राजनीतिक रुपमा लिनु हुँदेन।'
चीनकी विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनिङगले पत्रकारसँग भनेकी छिन्, 'दलाई लामालाई यात्रा गराएकोप्रति चीन कडा आपत्ति जनाउँछ। चीनको चिन्ताको विषय हुँदा हुँदै भारतले यो कार्य गर्नु गैर जिम्मेवारको पराकाष्टा हो। यसले दुई देशको सम्बन्धमा गम्भीर धक्का दिन्छ।'