जहाज दुर्घटनाले फेरियो गाउँको मुहार

जहाज दुर्घटनाले फेरियो गाउँको मुहार

मकवानपुर: बकैया गाउँपालिका-८ शिखरपुरस्थित बस्तीपुरमा ६ वर्ष अघि भएको जहाज दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो। उक्त दुःखद दुर्घटनामा आफन्त गुमाएकाहरुको पहलमा बस्तीपुरको मुहार फेरिएको छ। २०६७ साल भदौ ८ गते भएको अग्नि एयरको जहाज दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा मृत्यु भएकाहरुको स्मृतिमा शिखरपुरमा मोटरबाटोदेखि निशुल्क स्वास्थ्य क्लिनिकसम्म सञ्चालनमा आएका छन्। मृतकका आफन्तले बस्तीपुरमा तीन कोठे विद्यालय भवन, स्वास्थ्य क्लिनिक, कर्मचारी आवास गृह, पुस्तकालयदेखि मोटरबाटोसमेत निर्माण गरिदिएका बकैया गाउँपालिका ८÷९ नम्बर वडा सचिव तारा प्रसाद आचार्यले बताए।

छतिवनको चिसापानी हु“दै बस्तीपुरसम्मको छ किमी सडक मृतकका आफन्तको अगुवाईमा निर्माण भएको उनले बताए। ‘उक्त दुर्घटनामा मृत्यु भएका परिचालिका साहारा शेर्पा, अमेरिकी नागरिक केन्द्रा र जापानी नागरिक युक्की हायसीको स्मृतिमा मकवानपुरका विभिन्न विद्यालयमा सहयोग हुँदै आएको छ’, आचार्यले भने, ‘शिखरपुर, मन्थली र फापरबारीका १३ विद्यालयमा निरन्तर आर्थिक तथा भौतिक सहयोग हुँदै आएको छ।'

साहारा, केन्द्रा र युक्कीको पहिलो अक्षरबाट (एसकेवाई) स्काई स्मृति प्रतिष्ठान निर्माण गरी उनीहरुका अभिभावक विद्यालय र उक्त गाउँको विकासमा लागि परेका हुन्।साहाराका बुबा तथा प्रतिष्ठानका अध्यक्ष दोर्जे छिरिङ शेर्पाले दुर्घटनामा मृत्यु भएकी छोरीको सम्झनामा गाउँको विकास गर्ने सोच सोच पलाएको बताए।तीन परिवारको निजी खर्चमा सबै काम भइरहेको बताउँदै उनले छोरीको बिमाबाट आएको रकम पनि यही गाउँमा विकासमा लगाएको जानकारी दिए।

सहाज दुर्घटनामा परको स्थलन नजिकै रहेको बकैया ठाकुर निमावि रहेको छ।उक्त दुर्घटना स्थलमा प्रतिष्ठानले तीन कोठे विद्यालय भवन निर्माण गरिएको हो।विद्यालय भवनसँगै स्वास्थ्य क्लिनिक पनि सञ्चालनमा ल्याएको छ।‘क्लिनिकबाट निशुल्क स्वास्थ्य सेवा प्रदान गर्छौ’,प्रष्तिठानका अध्यक्ष शेर्पाले भने।प्रतिष्ठानले बकैया ठाकुर निमाविमा करिब पाँचसय वटा किताब सहयोग गरी लाइब्रेरीसमेत सञ्चालनमा ल्याउनुका साथै कर्मचारी आवास गृहसमेत निर्माण गरिदिएको छ।

प्रतिष्ठानको सहयोगले विद्यालय सञ्चालनमा राहत मिलेको प्रधानध्यापक राजदेव यादवले बताए।‘उहाँहरुको सहयोग नभएको भए हाम्रो विद्यालय बन्द हुने अवस्था थियो',यादवले भने, ‘जहाँज दुर्घटनाले धरे परिवारलाई क्षति पुगेपनि यस ठाउँसँग जोडिएको भावनाका कारण पीडित परिवारहरुको सहयोगले विद्यालय सञ्चालमा धेरै सहयोग पुगेको छ।' तीन सय ५० जना विद्यार्थी अध्ययनरत विद्यालयमा प्रतिष्ठानले वार्षिक ५० जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको उनले बताए।

प्रतिष्ठानले गाउँको विकासमा थप नयाँ कार्यहरु समेत गर्ने जनाएको छ।प्रतिष्ठानको निरन्तर सहयोगका कारण गाउँको मुहार नै फेरिएको स्थानीय प्रेमबहादुर गोलेले बताए।‘नहुनु पर्ने घटना भयो,तर त्यही दुर्घटनाले गाउँको विकास भने भएको छ',उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.