निमार्ण सम्पन्न गर्नुपर्ने समयमा २६ प्रतिशत मात्रै काम !

निमार्ण सम्पन्न गर्नुपर्ने समयमा २६ प्रतिशत मात्रै काम !

घोराहीः निर्माण सम्झौतामा तोकेको अवधि सकिँदासम्म पनि ठेकेदारको लापरबाहीले दाङको लमही–तुलसीपुर सडकखण्डको कटुवा खोलामा निर्माण सुरु भएको पुल पूरा हुन सकेको छैन । दुई वर्षअघि सुरु भएको पुल निर्माणको समय २०७३ असोस १० गतेसम्म थियो, त्यो पनि म्याद थप गरेर । तर, अहिलेसम्म पुलको काम २६ प्रतिशत मात्र भएको छ ।

पुल निर्माणका लागि विनियोजन गरिएको आधा रकम ठेकेदारले भुक्तानी लिइसकेको छ । मुख्य सडकको पुल समयमा निर्माण सम्पन्न नहुँदा स्थानीयले सास्ती भोग्नु परेको छ । तोकिएको समयमा निर्र्माण सम्पन्न नहुँदा आवतजावत गर्नसमेत समस्या छ । ४ करोड १० लाखको लागतमा निर्माण भइरहेको पुल अस्तब्यस्त छ । २ करोड रुपैयाँ ठेकेदारलाई भुक्तानीसमेत गरिसकिएको छ । पुल निर्माणको जिम्मा शंकरमाली निर्माण सेवाले लिएको छ । एक सय मिटर लामो पक्की पुल निमार्णका लागि अहिले दुईवटा पिलर उठाउने काम मात्रै भएको छ । निर्माणस्थल आसपासमा धुलोका कारण समस्या भएको स्थानीय रवि बुढाले बताए ।

सडक डिभिजन कार्यालय दाङले पुल निर्माणमा ताकेता गरे पनि निर्माणले गति लिन सकेको छैन । निमार्णको जिम्मा लिएको कम्पनीले पनि कामलाई तीव्रता दिन नसकेको स्वीकार गरेको छ । सडक कार्यालय दाङका इन्जिनियर शेखर योगीले निर्माणका लागि दबाब दिइएको र छिट्टै निमार्ण सुरु हुने बताए । उनले निर्माणमा ठेकेदारको लापरबाही भएको बताए । निर्माण कम्पनीका प्रतिनिधि पदमराज शर्माले यो वर्षाअघि जसरी पनि पुल निमार्ण सम्पन्न गर्ने बताए । उनले विभिन्न कारणले केही समय ढिला भएको स्वीकार गर्दै अब त्यस्तो नहुने बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.