ठेक्का लागेपछि मेडिकल कलेज बन्ने आशा बढ्यो

ठेक्का लागेपछि मेडिकल कलेज बन्ने आशा बढ्यो

धनगढीः तीन सय शड्ढयाको अस्पताल भवन र तीनतले कलेज भवनको ठेक्का लागेपछि कैलालीको गेटामा निर्माण हुने भनिएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान (गेटा मेडिकल कलेज) बन्ने आशा पलाएको छ । कलेज भवन निर्माणका लागि लुम्बिनी-रमन-केएस जेभीले ५८ करोड १४ लाख रुपैयाँमा ठेक्का पाएको छ ।

तीन सय शड्ढयाको अस्पताल भवन भने एक अर्ब ३ करोड रुपैयाँमा शर्मा, राजेन्द्र, कुमार जेभीले ठेक्का पाएको छ । ‘एक महिनाबीचमै दुई ठूला ठेक्का लागेपछि मेडिकल बन्ने आशा पलाएको छ', गेटाका ८३ वर्षका पृथ्वीराज अवस्थीले भने । कलेज भवनको यसै मार्चदेखि निर्माण सुरु गरी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने समय तोकिएको छ । निर्माण कम्पनीले पनि सम्झौतामा तोकिएको समय अथवा मार्चदेखि निर्माण सुरु गरिसकेको जनाएको छ । ‘हामीले फिल्ड मोबिलाइजेसन गरिसकेका छौं, कच्चापदार्थ संकलनको काम पनि सुरु भइसकेको छ', कलेज भवनको ठेक्का पाएका निर्माण व्यवसायी भीमबहादुर पालले भने ।

तीनसय शड्ढयाको अस्पताल भवनको पनि यही माघ २८ गते टेन्डर खुलेकामा अहिले निर्माण कम्पनीका इन्जिनियर फिल्डको कामका लागि गेटा आएका छन् । ‘हामीले परियोजना निर्देशक सुनिल पौडेल र उपनिर्देशक किशोरराज पाण्डेलाई ‘साइड' हेर्न खटाएका छौं', अस्पताल भवनको ठेक्का पाएका कुमार निर्माण सेवाका सञ्चालक सुशील श्रेष्ठले भने । अस्पताल भवन निर्माण गर्न पनि मेडिकल कलेज प्रवद्र्धन समितिले दुई वर्षको म्याद दिएको छ ।

२०५६ सालमा कैलालीको गेटामा जगद्गुरु शंकराचार्य आयुर्विज्ञान प्रतिष्ठानबाट मेडिकल कलेजको पहल थालिएको हो । शंकराचार्यले सानो भवन मात्रै बनाएपछि त्यो काम अलपत्र थियो । त्यसको डेढ दशकपछि सरकारको लगानीमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा मेडिकल कलेज बनाउने सरकारले निर्णय गरेको हो । २०६६ सालदेखि निर्माणका लागि बजेट विनियोजन हुन थाले पनि पाँच/छ वर्षसम्मको बजेट फ्रिज हुँदै आएको थियो । वातावरणीय प्रभाव मूल्याकंनमा भएको ढिलाइका कारण मेडिकल कलेज निर्माण आठ वर्ष ढिलाइ भएको हो ।


एकैपटक कलेज, अस्पताल र प्रशासनिक भवन निर्माण प्रक्रिया सुरु भएकाले निर्माणस्थलमा चहलपहल बढेको छ । यसले सुदूरपश्चिमबासी खुसी भएका छन् ।

मेडिकल कलेजका अन्य दुई ठेक्का पनि यसअघि नै भइसकेका छन् । वातावरण प्रभाव मूल्यांकन नभएकै बेला तीन वर्षअघि १३ करोड रुपैयाँमा प्रशासनिक भवनको ठेक्का पाएको रबिना कन्स्ट्रक्सनले पनि यसपालिदेखि काम सुरु गरेको छ । ‘हामीले साइड हेर्न इन्जिनियर खटाइसकेका छौं', रबिना कन्स्ट्रक्सनका सञ्चालक गोपालमान श्रेष्ठले भने ।

एकैपटक कलेज, अस्पताल र प्रशासनिक भवन निर्माण प्रक्रिया सुरु भएकाले निर्माणस्थलमा चहलपहल बढेको छ । यसले सुदूरपश्चिमबासी खुसी भएका छन् । सुदूरपश्चिमका सीमामा पर्ने सहरबाट ठूलो संख्यामा सर्वसाधारण उपचारका लागि भारत जाने गरेका छन् । मेडिकल बनेसँगै चिकित्सकको पढाइ र उपचार पाउनेमा यस क्षेत्रका बासिन्दा आशावादी छन् ।

मेडिकल कलेजको भोगाधिकारमा रहेको झन्डै ५१ बिगाहा क्षेत्रफलमा चार करोडको ठेक्कामा कच्ची सडक पनि निर्माण भइसकेको छ । ‘सडक निर्माणको काम अन्तिम चरणमा छ', सडक निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी दिलबहादुर ओलीले भने ।

चालू आर्थिक वर्षमा सरकारले मेडिकल कलेज निर्माण गर्न ५५ करोड रुपैयाँ विनियोजन गरेको छ । ‘यसपालि आएको बजेटको काम हुन्छ नै', मेडिकल कलेजका निर्देशक हेमराज पुजाराले भने । मेडिकल कलेजको मुख्य सडकको पनि छिट्टै टेन्डर हुने तयारी रहेको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.