तीनजुरेमा ढुंगा तथा गुराँस पार्क

तीनजुरेमा ढुंगा तथा गुराँस पार्क

तेह्रथुमः आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउन संखुवासभा र तेह्रथुम जिल्लाको सीमा क्षेत्र तीनजुरे डाँडामा ढुंगा तथा गुराँस पार्क (आरआर गार्डेन) निर्माण गरिएको छ । तेहथुमको बसन्तपुर बजारदेखि करिब सात किलोमिटर उत्तरमा रहेको चैते सामुदायिक वनको करिब पाँच सय रोपनी जग्गामध्ये केही क्षेत्रफललाई तार घेराबार गरी ढुंगा तथा गुराँस पार्क (आरआर गार्डेन) निर्माण गरिएको हो ।

२०७१ सालमा पञ्चवर्षीय योजना बनाएर तीनजुरे डाँडाभित्र ढुंगा तथा गुराँस पार्क निर्माण सुरु गरिएको समितिका अध्यक्ष कुमार खड्काले बताए । पार्कभित्र करिब ७६ लाख रुपैयाँ खर्चेर दुई सय मिटरभन्दा अग्लो शिवको मूर्ति, जंगली जनावरको आकृति, प्राकृतिक रूपमा रहेका ढुंगाको विभिन्न आकृति तथा वनभोजस्थल निर्माण गरिएको उनले बताए । त्यस्तै आँखा आकृतिको पोखरी निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ ।
खड्काका अनुसार पार्कभित्रका केही भौतिक पूर्वाधारको काम सम्पन्न भइसकेको छ ।

आंशिक रूपमा भौतिक पूर्वाधारको काम सम्पन्न भइसकेको कारण अहिले तीनजुरे घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पार्कभित्र प्रवेश खुला गरिएको छ । पार्कभित्रको भौतिक पूर्वाधार निर्माण गर्न पर्यटन विकास कार्यालय काँकडभिट्टाले ४५ लाख रुपैयाँ र नयाँ सहरी विकास कार्यालय बसन्तपुरले ३१ लाख रुपैयाँ खर्च गरिसकेको छ ।

अंग्रेजी÷नेपाली नयाँ वर्ष र गुराँस फुलेको बेला घुम्न आउने आगन्तुकलाई मध्यनजर गरी निर्माण गरिएको सो पार्क छिमेकी देश भारतको दार्जिलिङको प्रख्यात रक गार्डेनजस्तै बनाउने लक्ष्य रहेको अध्यक्ष खड्काले बताए । गुराँस हेर्न आउने आगन्तुकको पार्कभित्रको मनमोहन दृश्यले केही समय अलमलिने उनले बताए । उनले भने, ‘यहाँ घुम्ने आउने आन्तुकलाई कम्तीमा पनि एक दिन बसन्तपुरमै बास बसाउने हाम्रो लक्ष्य छ ।’ ढुंगा तथा गुराँस पार्कको सबै भौतिक पूर्वाधार निर्माण भएपछि बसन्तपुर बजारको पर्यटन विकासमा थप टेवा पुग्ने उनको विश्वास छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.