थाइ नरेशद्वारा नयाँ संविधान अनुमोदन

थाइ नरेशद्वारा नयाँ संविधान अनुमोदन

बैंकक: थाइल्यान्डका नरेश माहा बजिरालोङकोर्न बोदिन्द्रदेबायाभाराङकुनले बिहीबार आयोजित विषेश समारोहमा नयाँ संविधानमा हस्ताक्षर गरेका थिए।

हस्ताक्षर गरेर अनुमोदन गरेको संविधान उहाँले प्रधानमन्त्री प्रयुत चान ओचालाई सोही समारोहमा हस्तान्तरण गरेका थिए।

हस्ताक्षर समारोहमा उच्चपदस्त सरकारी अधिकारीहरु, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलगायत सहभागी थिए।

नयाँ संविधानले थाइल्यान्डलाई राष्ट्रिय स्थिरता, एकता र समृद्धितर्फ लैजाने थाई नरेश बजिरालोङकोर्नले विश्वास व्यक्त गरेका छन्।

उनी ६४ वर्षको उमेरमा केही महिनाअघि मात्रै थाइल्यान्डको राजा बनेका हुन्।

उनका पिता, लोकप्रिय राजा ८८ वर्षीय नरेश भूमिबल अदुल्यादेजको असोज २७ गते निधन भएपछि उनले गद्दी सम्हालेका थिए। उनी झन्डै ७० बर्ष राजा बनेका थिए।

महा वजिरालोङ्गकर्नलाई ’राम दशौँ’को उपाधि दिइएको छ। उनी चक्री वंशका १०औँ नरेश भएकाले उहाँलाई राम दशौँको उपाधि दिइएको हो। थाइल्यान्डको राजसंस्था विश्वका सम्पन्न राजसंस्थामध्येको एक मानिन्छ। रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.