काठमाडौं अझै एक वर्ष धुलाम्मे

काठमाडौं अझै एक वर्ष धुलाम्मे

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक खन्दा निस्किएको माटोले अहिले काठमाडौं उपत्यका धुलाम्मे छ । उपत्यकावासीले धुलोबाट मुक्ति पाउन अझै एक वर्ष कुर्नुपर्ने भएको छ ।आयोजना आफैंले कालोपत्रे गरिदिने सम्झौता सरकारसँग गरे पनि पाइप बिछ्याउने कामले पूर्णता नपाएपछि अहिले कालोपत्रे गर्ने काम सुस्त गतिमा अगाडि बढेको छ ।आयोजनाले पानीको पाइप गाड्न उपत्यकामा अहिले पाँच सय किलोमिटरभन्दा बढी सडक खनेको छ । त्यसमध्ये ५० किलोमिटर सडक मात्रै कालोपत्रे गर्ने भाग सडक विभागकोमा परेको छ ।

सडक विभाग कार्यालय काठमाडौं १ का प्रमुख मुकुन्द अधिकारीले मेलम्ची खानेपानी आयोजनाको काम नसकी सडक कालोपत्रे नहुने बताउनुभयो । उहाँले भन्नुभयो, 'पाँच सय किलोमिटर सडकमध्ये ५० किलोमिटर मात्रै हाम्रो जिम्मेवारी हो, बाँकी आयोजनाकै भागमा पर्छ, जबसम्म मेलम्चीको कामले पूर्णता पाउँदैन तबसम्म बाटो स्थायी रूपमा कालोपत्रे हुँदैन ।'

उहाँका अनुसार मेलम्चीका लागि खनिएका सडक कालोपत्रे हुन कम्तीमा एक वर्ष लाग्छ । मेलम्चीले मंसिरसम्ममा खानेपानी काठमाडौं भित्र्याउने बताएको छ । पानी ल्याएपछि पाइपको सेटिङ मिले नमिलेको हेरेपछि मात्रै बाटो स्थायी रूपमा कालोपत्रे गर्न मिल्ने अधिकारीले बताउनुभयो ।अहिले मेलम्चीले खनेका सडकमाथि एक तहको अस्थायी कालोपत्रे गर्ने काम भएको छ । 'धुलो नउडोस् भनेर हामीले अस्थायी कालोपत्रे गरेका हौं, पछि सडकको लेभल बसेपछि स्थायी रूपमा पूरै सडक कालोपत्रे हुन्छ', अधिकारीले भन्नुभयो, 'रातारात कालोपत्र गर् भनेर निर्देशन दिनु व्यवहारिक ढंगले पनि उपयुक्त होइन, पूर्ण रूपमा कालोपत्रे गर्न अझै एक वर्ष कुर्नुपर्छ ।'

सडक विभागले आफ्नो जिम्मामा पर्ने सडक कालोपत्रे गर्न ठेक्का निकालिसकेको छ । त्यसका लागि करिब एक अर्ब रुपैयाँ लाग्ने जानकारी अधिकारीले दिनुभयो ।मेलम्चीले हाल ठूला पाइप बिछ्याउन ६५ किलोमिटर र साना पाइप गाड्न ६ सय ६० किलोमिटर सडक खनेको छ । 'मेलम्चीले खनेका सडकमा कालोपत्रे गर्न पहिला माटोको तह सडकको तहसम्म मिल्नुपर्छ, हतारमा कालोपत्रे गर्दा पछि माटो थिचिएर कालोपत्रे काम नलाग्ने हुन्छ । त्यसैले अहिले अस्थायी काम गरिएको हो, बाँकी मेलम्चीको पानी आएपछि गर्छौं', अधिकारीले भन्नुभयो, 'यो व्यवहारिक कठिनाइ सबैले बुझिदिनुपर्यो ।' मेलम्ची आयोजनाले गाडेको पाइपमा पानी सर्कुलेट भएपछि चुहिएको स्थानमा पुनः खन्नुपर्ने भएकाले पनि स्थायी रूपमा कालोपत्रे नगरिएको जानकारी अधिकारीले दिनुभयो ।

धुलो हटाउन बु्रमर मेसिनले बढार्ने, पानी हाल्ने र कुचोले बढारेर धुलो फाल्ने काम गरे पनि धुलो नहटेको भनाइ उहाँको छ । 'हामी जिम्मेवार निकायले सत्य कुरा लुकाएर हुँदैन, सडक प्रयोगकर्तालाई यथार्थ कुरा भन्नुपर्छ, उपत्यकाका सडक कालोपत्रे हुन अझै एक वर्ष लाग्छ', अधिकारीले अन्नपूर्णसँग भन्नुभयो ।

मेलम्चीले गाडेका पाइप अवैज्ञानिक !


मेलम्ची खानेपानी आयोजनाले हाल उपत्यकामा पाइप गाड्ने कार्य जारी राखे पनि अवैज्ञानिक रहेको सरोकारवालाले बताउन थालेका छन् । आयोजनाले मूल सडकका बीच भागमै पाइप गाडेकाले अवैज्ञानिक भन्न थालिएको हो ।उपत्यकामा मेट्रो वा स्काई रेलको अवधारणा अगाडि आइरहेका बेला मेलम्चीले सडकको बीच भागमै पाइप गाडेकाले त्यसले अवरोध ल्याउने बुझाइ सरकारको छ ।

सडक विभाग काठमाडौंले अयोजनालाई पाइप सार्न पत्राचार गरेको छ । स्रोतका अनुसार स्काई वा मेट्रो रेल सञ्चालन गर्नुपरेमा सडकको बीच भागमै पिलर राख्नुपर्ने भएकाले मेलम्ची खानेपानी आयोजनाको पाइप बाधक बन्ने ठहर सडक विभागको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.