मतपेटिका केरुङ आइपुगे

मतपेटिका केरुङ आइपुगे

विदुरः स्थानीय तहको निर्वाचनका लागि चीनबाट खरिद गरिएका मतपेटिका चीनको केरुङ आइपुगेका छन् । नेपाल-चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका हुँदै हजारौं थान मतपेटिका नेपाल भित्रिने निर्वाचन आयोगले जनाएको छ ।

चीनले २७ किलोमिटर दूरीको रसुवागढी-केरुङ सडकमार्गको बीचमा रहेको ठोङ्सालगायत स्थानमा पहिरो पन्छाउन लागेका कारण बिहीबारदेखि पुनः एक साताका लागि रसुवागढी नाका हुँदै आवतजावत पूर्ण रूपमा बन्द गरेको छ । पहिरोमा खसेका ठूला ढुंगा पन्छाउन विस्फोटक पदार्थको प्रयोग गर्नुपरेका कारण सुरक्षाका लागि आवतजावत बन्द गरिएको हो ।

निर्वाचन आयोगले नेपाली सप्लायर्समार्फत खरिद गरेको ३० हजार थान मतपेटिका चीनको केरुङ आइपुगेको रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष कैसाङनुर्बु तामाङले जानकारी दिनुभयो । दर्जनौं ट्रकमा चीनको ग्वाङझाओबाट सिगात्से हुँदै चीनको केरुङ आइपुगेको उहाँले बताउनुभयो ।

स्थानीय चुनावका लागि चीनबाट खरिद गरिएका मतपेटिका रसुवागढीमा भन्सार प्रक्रिया मिलाउन दुई सातादेखि केरुङमै थन्किएको उहाँको भनाइ छ । रसुवागढी भन्सार र मतपेटिका सप्लायर्स कम्पनीबीच भन्सार छुटलगायत विषयमा मतभेद रहेका कारण मतपेटिका नेपाल भित्रिन नसकेको अध्यक्ष तामाङले बताउनुभयो । यस सम्बन्धमा वाणिज्य मन्त्रालयका टोलीसँग कुराकानी भइसकेको उहाँको भनाइ छ ।

मतपेटिका सप्लायर्स कम्पनीले एक प्रतिशत मात्र भन्सार तिर्ने दाबी गरिरहेको र रसुवागढी भन्सारले नियमअनुसार अन्य सामानसरह भन्सार तिर्नुपर्ने अडान लिएको छ । चीनको केरुङ आइपुगेका मतपेटिका सडक अवरुद्ध भएका कारण सरासर नेपाल भित्रिन नपाएका हुन् । भन्सार प्रक्रियाका सम्बन्धमा सम्बन्धित निकायबाट स्पष्ट धारणा आएपछि निष्कर्षमा पुगेर प्रक्रिया सुरु हुने रसुवागढी भन्सार प्रमुख केदार पनेरुले बताए ।

निर्वाचन आयोगले ३० हजार मतपेटिका चीनबाट खरिद गरी ल्याउन लागेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । ‘सप्लायर्सलाई ठेक्कामा दिएका हौं', उहाँले भन्नुभयो, ‘वैशाख पहिलो साता सप्लायर्सले हामीलाई मतपेटिका बुझाइसक्नुपर्छ ।' केरुङ ल्याइएका मटपेटिका १० करोड रुपैयाँबराबरका छन् । एउटा मतपेटिकाको मूल्य तीन हजार तीन सय रुपैयाँ पर्ने आयोगले जनाएको छ । ‘स्थानीय तह निर्वाचनका लागि ८२ हजार थान मतपेटिका आवश्यक पर्छ', शर्माले भने, ‘६० हजार पुरानै छन् ।'

सात दिन नाका बन्द

रसुवागढी-केरुङ सडकखण्डमा पहिरो गएका कारण बिहीबारदेखि एक साताका लागि चीनले नाका बन्द गरेको छ । पहिरो पन्छाउने कार्य जोखिमपूर्ण रहेका कारण मान्छेको आवतजावत रोकेर नाका बन्द गरिएको बताइएको छ । चीनतर्फ मितेरी पुलको रेसुओपोर्ट-केरुङ सडकखण्ड पहिरोले ठोङ्सालगायतका ठाउँठाउँमा अवरुद्ध भएकाले सडक सफा गर्न एक साताको समय लाग्ने चिनियाँ सुरक्षा अधिकारीले रसुवागढीमा रहेका नेपाली सुरक्षाकर्मीलाई जानकारी गराएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.