इयू प्रमुख-बेलायती प्रधानमन्त्री भेटवार्ता

इयू प्रमुख-बेलायती प्रधानमन्त्री भेटवार्ता

ब्रसेल्स बेल्जियमः युरोपेली संघका अध्यक्ष डोनल्ड टस्क र बेलायती प्रधानमन्त्री टेरेसा मेबीच बिहीबार भेटवार्ता भएको छ । इयूबाट बेलायतको बहिर्गमन प्रक्रिया सुरु भएपछि भएको यी दुई यूरोपेली नेताबीच यो पहिलो प्रत्यक्ष भेट हो । गत साता इयू प्रमुख टस्कले तयार पारेको बहिर्गमन मार्गनिर्देशक खाकाबारे बेलायतमा टस्कविरुद्ध भएको कडा विरोधपछि दुई नेताको भेट भएको हो ।

टस्कसँग छलफलमा सहभागी हुनुपूर्व प्रधानमन्त्री मेले भनिन्, ‘तोकिएको समयसीमामा बहिर्गमन प्रक्रिया अघि बढाउन छलफल केन्द्रीत रहनेछ ।' इयू स्रोतले दिएको जानकारी अनुसार दुई नेताको भेट टस्कद्वारा तयार पारेको अप्रिल २९ मा ल्याइने खाकाबारे बेलायतलाई जानकारी गराउन केन्द्रीत रहनेछ ।

इयू नेताहरुले अप्रिल २९ मा हुने विशेष सम्मेलनले बेलायतको बहिर्गमनबारे छलफलको रणनीति योजना ल्याउने छ । वास्तविक रुपमा इयूबाट बेलायतको बहिर्गमन विषयमा आगामी मेभन्दा पहिले कुनै औपचारिक छलफल हुने सम्भावना छैन ।

बेलायतले गत साता मात्रै औपचारिक रुपमा इयूबाट बहिर्गमन हुने विषय बारे इयूलाई जानकारी गराएको थियो । बेलायत इयूबाट बहिर्गमन हुनचाहेको घोषणा गर्दा प्रधानमून्त्री मेले इयुसँग ‘सम्बन्ध विच्छेद' हुने र भविष्यमा एक पछि अर्को गर्दै व्यापार सम्झौता गरिने बताए पनि यसै साता साउदी अरबमा भएको भेटमा इय्ू प्रमुखले मेलाई पहिला बहिर्गमन सम्झौतामा प्रगति गर्ने गरी तयारी गर्न आग्रह गरेका थिए ।

बहिर्गमन सम्र्झौता गरी अगाडि बढेपछि मात्र व्यापार सम्झौता गर्नुपर्ने भनी आएको इयूको धारणामा मेले आफ्ना पूरानो अडानमा केही लचक बन्न तयार भएको संकेत गरेकी थिइन् । मेले भनिन्, ‘हेरौँ, हामीले बहिर्गमन प्रक्रिया कसरी अन्त्य गर्न सक्छौँ ? छलफलको अन्त्यमा हामी दुवै आफ्ना अडानबाट फिर्ता आउने र भविष्यको सम्बन्धबारे सोच्न सक्छौ कि ? यो महत्वपूर्ण कुरा हो ।' –रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.