प्रेरणाको स्रोत समलिंगी

प्रेरणाको स्रोत समलिंगी

विश्वविख्यात गायिका लेडी गागाको स्वर मन नपराउने संगीतप्रेमी सायदै होलान् । गागाको स्वर जति जादुमय छ उनको पहिरन शैली र बिन्दास जीवनशैली त्यत्तिकै चर्चित छ । उनलाई पछ्याउने र प्रेरणाको स्रोत मान्नेहरू लाखौं छन् तर लेडी गागाको प्रेरणाको स्रोत चाहिँ को होला त ? थाहा पाउँदा कपितयलाई अचम्म लाग्छ, समलिंगी । ‘स्वरकी नायिका'का रूपमा चिनिने उनले आफू सफल हुनुमा समलिंगीको हात रहेको खुलासा गरेकी हुन्।

समलिंगीहरूको बारेमा उनले हालै एउटा टेलिभिजन शामा बोलेकी हुन् । गागालाई समलिंगीहरूसँग बस्न खुब रमाइलो लाग्छ । ‘मलाई महिला हुन सिकाउने नै समलिंगीहरू हुन् । उनीहरू मेरो साँच्चै प्रेरणाको स्रोत हुन्', उनले भनेकी छन् । लामो समयदेखि तेस्रो लिंगीहरूको अधिकारका लागि आवाज उठाइरहेकी गागाले उनीहरू सधैं आफ्नो वरिपरि भए हुन्थ्योजस्तो लाग्ने बताएकी छन् ।

‘मलाई यस्तो लाग्छ कि समलिंगी शक्तिशाली हुन्छन् र उनीहरूमा अद्भुत बौद्धिकता र प्रतिभा लुकेको हुन्छ', उनले भनेकी छन्, ‘मलाई त मेरो करियर समलिंगीहरूको संगतले उचाइमा पुगेजस्तो लाग्छ । उनीहरूले मेरो जीवनमा धेरै कुरा परिवर्तन ल्याइदिएका छन् ।' सुरुका दिनमा आफूलाई ख्याति कमाउनु अनौठो र असम्भव लागेको स्मरण गर्दै समलिंगीहरूले आत्मविश्वास थपिदिएको र एउटा निपुर्ण महिला हुन सहयोग पुर्‍याउनको गागाको भनाइ छ ।

गागाको अनुभवमा धेरै मान्छेले समलिंगीलाई बुझेका हुँदैनन् र बुझ्ने प्रयास पनि गर्दैनन् । उनीहरूलाई नबुझी केवल दोषको मात्र कुरा गर्नु गलत हो । आफूलाई अहिलेसम्म जिउने हौसला र उत्साह उनीहरूले नै दिइरहेको लेडीको भनाइ छ । अन्य क्षेत्रमा त उनीहरूमाथि पक्षपात गरिन्छ नै । संगीत क्षेत्रमा पनि समलिंगीलाई घृणाको दृष्टिले हेर्ने वा पक्षपात गर्नेको जमात ठूलो रहेको उनले बताइन् । ‘हालै पनि एकजना विश्वप्रसिद्ध र्‍यापरले समलिंगीको बारेमा राखेको पक्षपातपूर्ण धारणा सुनेर म अचम्ममा परेको छु', उनले भनेकी छन्, ‘त्यस्ता मान्छेलाई साँच्चै मजाले झपार्न, उसकै अगाडि चिच्याएर गाली दिन मन लाग्छ ।'

आफ्नो मुलुक अमेरिका संसारमा शक्तिशाली भए पनि समानताका बारेमा कुरामात्रै गर्ने आरोप लगाएकी छन् । समलिंगीको अधिकारको मामलामा समान व्यवहार लागू नगरेकोमा उनले दुःख व्यक्त गरेकी छन् । अमेरिकाका निवर्तमान राष्ट्रपति बाराक ओबामाको कार्यकालदेखि गागाले यो विषय उठाउन थालेकी हुन् । ओबामालाई चुनौती दिँदै भनेकी थिइन्, ‘तपाईंले दिएको वचनलाई व्यवहारमा लागू गराउनुस् ।'

मलाई लाग्छ समलिंगी शक्तिशाली हुन्छन् र उनीहरूमा अद्भुत बौद्धिकता र प्रतिभा लुकेको हुन्छ । धेरै मान्छेले समलिंगीलाई बुझेका हुँदैनन् र बुझ्ने प्रयास पनि गर्दैनन् । उनीहरूलाई नबुझी केवल दोषको मात्र कुरा गर्नु गलत हो ।

अमेरिकी सेनामा रहेका चारजना समलिंगी जोडीको बारेमा एमटीभी अवार्डको रेड कार्पेटमा उनले बोलेका प्रसंग चर्चित बनेको थियो । ती चारजना समलिंगी भएकै कारण जागिरबाट निकालिएका थिए । यसबारेमा बोलेबापत आइपर्ने जस्तोसुकै चुनौती स्वीकार गर्न आफू तयार रहेको चुनौती पनि दिएकी थिइन् ।

सुरुमा गागालाई पनि ट्रान्सजेन्डर, गे, लेस्बियन, बाईसेक्सुयलका अधिकारको बारेमा बोल्न लाज लाग्थ्यो । उनले सामाजिक सञ्जालमा भिडियो राखेर उनीहरूको समानता र वैवाहिक समानताको बारेमा बोल्न सुरु गरेकी हुन् । मान्छे लेडी गागा भन्नेबित्तिकै आश्चर्यजनक फेसन तथा पृथक् मेकअप शैलीको सम्झना गर्छन् । हुन पनि उनी त्यस्तै छिन् । जस्तोसुकै हर्कत गर्न निःसंकोच तयार हुने उनको बानी नै हो । विभिन्न मुलुकमा स्टेज पर्फमेन्सका क्रममा उनले उत्तेजक पहिरन र अभद्र व्यवहार गरेको भन्दै आलोचना पनि त्यत्तिकै हुने गरेको छ । यस्ता स्टेज प्रस्तुतिका क्रममा उनी प्रायःजसो भित्री वस्त्र देखाउँछिन् । कहिले भित्री अंग प्लास्टिकले छोपेर देखाउँछिन् भने कहिले डरलाग्दा पेन्टिङ गरेर प्रस्तुत हुन्छिन् । नग्न फोटोसुट त उनका लागि सामान्यजस्तै बनेको छ ।

एक सामान्य मानिसभन्दा भिन्न रूपमा प्रस्तुत हुनु उनको विशेषता हो । उनले लगाउने लिपिस्टिक, कपालको स्टाइल अरूको भन्दा भिन्न र पृथक् हुन्छ । गत वर्ष रसियाको मस्कोमा आयोजित उनको कन्सर्टमा अनुसन्धान नै गर्नुपरेको थियो । उनले त्यहाँको राष्ट्रिय झन्डाको गलत प्रयोग गर्नुका साथै तेस्रो लिंगीलाई उत्तेजित बनाउने काम गरेकी आरोप लागेको थियो । वेश्यावृत्ति र समलिंगीलाई समर्थन गरेको भन्दै पक्राउ गर्ने धम्की दिएपछि आफूलाई पक्राउ गरेर देखाउन रसियालाई चुनौती नै दिएकी थिइन् । इटालियन अमेरिकी मूलकी गागाको वास्तविक नाम स्टेफानी जोनी एन्जेलिना नरमानोटा हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.