समाजले स्वीकारेमात्र सेलिब्रेटी

समाजले स्वीकारेमात्र सेलिब्रेटी

पढाइसँगै मोडलिङमा क्रियाशील छिन् इटहरीकी शर्मिला ढकाल । सानै उमेरदेखि मोडलिङ र अभिनयमा रुचि राख्ने उनी विद्यालय एवं कलेजमा विभिन्न कलाकारको एक्टिङ गरेर साथीभाइलाई रमाइलो प्रदान गर्थिन् । उनको यही मोह र लगनशीलताले मोफसलमा रहेर पनि म्युजिक भिडियो एवं चलचित्रमा काम गर्ने मौका पाएकी छन् । इटहरीस्थित नमुना कलेजमा आमसञ्चार पत्रकारिता विषयमा स्नातक तेस्रो वर्षमा अध्ययनरत शर्मिला ५ फिट ५ इन्च अग्ली छन् ।

म्युजिक भिडियोमा मोडलिङसँगै निर्देशन पनि गर्न थालेकी छन् । हालैमात्र साजन राईको 'नरोएर रातोहरू' एवं चित्र राईको 'बिर्सिंदैन मायालु' बोलको गीतको भिडियोमा मोडलिङ गरेकी छन् । बिर्सिंदैन मायालु बोलको भिडियो शर्मिलाले निर्देशन गरेकी हुन् । यी दुई म्युजिक भिडियोलगत्तै उनले 'लिभिङ टुगेदर' नामक लघुचलचित्रको मुख्य नायिकाका रूपमा अभिनय गरेकी छन । इटहरीमा क्रियाशीलमध्ये रोजाइमा पर्ने मोडल हुन् उनी । अहिले विभिन्न म्युजिक भिडियोका लागि कुरा आइरहे पनि स्नातक तेस्रो वर्षको परीक्षाको तयारीका कारण चाहेर पनि काम गर्न नसकेको उनको भनाइ छ । परीक्षापछि पुनः यस क्षेत्रमा क्रियाशील हुने उनको योजना छ ।

मोफसलमा रहेर मोडलिङ एवं अभिनयबाट अघि बढ्न सजिलो छैन तापनि शर्मिलाले आँट गरेकी छन् । यो क्षेत्रमा लागेर पहिचान पनि बनेको छ । जसका कारण उनलाई प्रेमप्रस्ताव राख्ने युवाहरूको जमात पनि ठूलै छ । 'आई लभ यू भन्नेलाई धन्यवादभन्दा बढी के भन्नु र', उनी ठट्ठा गर्छिन् । माया गर्छु भन्नेहरू धेरै भए पनि मन मिल्ने, आफूले चाहेजस्तो असल जीवनसाथीको खोजीमा रहेको उनले खुलासा गरिन् । 'अहिलेको समयमा बाबुआमाले रोजेकोभन्दा आफैंले मन पराएको जीवनसाथी राम्रो हुन्छ', उनले भनिन् । आफ्नो सपना पूरा भएपछि, आफ्नो खुट्टामा उभिएपछि मात्र विवाह गर्ने उनको सोच छ । आफूले प्रेमविवाह गरे पनि बुवाआमालाई सोधेरमात्रै विवाह गर्ने पक्षमा छिन् उनी ।

मोडलिङ क्षेत्रमा होस् वा अभिनय ग्ल्यामर्स छवि आवश्यक भए पनि अंग प्रदर्शनको पक्षमा उनी छैनन् । यस क्षेत्रमा आउने कलाकार छोटो समयमा आफूलाई चर्चित बनाउन कतिपयले अंग प्रदर्शनको सहारा लिएको प्रति लक्षित गर्दै उनले भनिन्, 'त्यो सही बाटो होइन ।' समाजले स्वीकारेमात्रै सेलिब्रेटीको अर्थ र महत्व हुने भएकाले आफू असल र सफल नारी भएर समाजमा स्थापित हुन चाहेको बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.