सलमानका कारण कट्रिना खुसी
रणवीर कपुरसँग ब्रेकअप भएपछि खराब समय व्यतीत गर्दै आएकी बलिउड अभिनेत्री कट्रिना कैफको मुहारमा अहिले मुस्कान फर्किएको छ । कविर खान निर्देशित चलचित्र ‘टाइगर जिन्दा है'मा पूर्वप्रेमी सलमान खानसँग अनस्क्रिन रोमान्स गर्ने अवसर पाएपछि उनमा खुसी छाएको हो । सन् २०१२ मा बनेको एक था टाइगरको सिक्वेल यो चलचित्र अहिले अस्ट्रेलियामा छायांकन भइरहेको छ । चलचित्र छायांकनअघि कट्रिनाको सट्टा अर्कै नायिकाको खोजी भइरहेको चर्चा चलेको थियो ।
प्रतिक्रिया दिनुहोस !
१