नयाँ बजेट अर्थतन्त्रमा ‘ब्रेक थ्रु' अर्थमन्त्री

नयाँ बजेट अर्थतन्त्रमा ‘ब्रेक थ्रु' अर्थमन्त्री

विराटनगरः  अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रमा ‘बे्रक थु्र' गर्ने दाबी गर्नुभएको छ । मोरङ व्यापार संघको ६२ औं साधारण सभाको बिहीबार विराटनगरमा उद्घाटन गर्दै महराले भन्नुभयो, ‘पहिलो संघीय बजेट भएकाले यसले अर्थतन्त्रलाई थप टेवा पुग्ने विशेषता लिएर आउनेछ ।' उहाँले आर्थिक नीति र करका विषयमा बजेटमा नयाँ हुने बताउनुभयो ।

अर्थमन्त्रीले चालू आर्थिक वर्षमा विगतको तुलनामा पुँजीगत खर्च बढ्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले अन्तिम चौमासिक अवधिमा हुने गरेको खर्चलाई घटाउने अगाडि नै खर्च गरिसक्नुपर्ने भन्ने प्रयास गरे पनि सकेनौं तर आउँदा वर्षमा यसलाई व्यावहारिक रूपमै कार्यान्वयन गर्ने प्रयास गरिनेछ ।' उनले परम्परागतभन्दा भिन्न बजेट आउने जानकारी गराउँदै निजी क्षेत्रको हितका लागि सरकार सँधै प्रयासरत रहेको पनि बताउनुभयो ।
महराले केही समय वर्ष निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशले आर्थिक विकास नसक्ने बताउनुभयो ।

‘पुँजीवादलाई प्रोत्साहन गरेर नै समाजवादी अर्थव्यवस्थातर्फ अघि बढ्ने हो', उहाँले भन्नुभयो, ‘पछिल्ला आर्थिक सूचकले २० वर्षको अवधिमा पहिलोपटक मुलुकले ६ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर प्राप्त हुन लागेको बताउनुभयो । देशमा राजनीतिक क्रान्तिको अवधि पूरा भएकाले अब आर्थिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने उनले बताउनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीप मुरारकाले उद्योगधन्दा सञ्चालन पूर्व र गरिसकेपछि पनि धेरै समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आद्यौगिक नीति तथा एने उद्योगमैत्री नभएकाले पनि नेपालमा औद्योगिक विकास सम्भव नभएको हो ।' उहाँले सरकारले उद्योगमैत्री वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिए ।

महासंघका उपाध्यक्ष किशोर प्रधानले पूर्वी क्षेत्रको औद्योगिक विकासका लागि सरकारले प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला र मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले पनि मन्तव्य राखेका राख्नुभयो । शारडाले समग्र आर्थिक विकासका लागि सुझाव प्रस्तुत गरेका गर्नुभयो । मोरङ व्यापार संघको ६२ औं साधारण सभामा सहभागी अर्थमन्त्री कृष्णबहादुर महरालगायत ।अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.