सरकारले माइती नेपालबाट सिकेर काम गर्ने

सरकारले माइती नेपालबाट सिकेर काम गर्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले गरेका काम झारा टार्ने खालका र जागिरे मानसिकताबाट प्रेरित हुने गरेका बताउँदै छिटै माइती नेपालको अवलोकन गरी त्यहाँबाट सिकेका कुरालाई लागु गराउन नेपाल सरकारलाई निर्देशन दिने बताउनु भएको छन् । माइती नेपालले बिहीबार आयोजना गरेको रजत जन्मोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले माइती नेपाल जस्तो दृण इच्छाशक्तिका साथ अगाडि बढेको संस्था र नयाँ संविधानमार्फत नेपाली जनतालाई अधिकारसम्म बनाउन अगाडि बढेको प्रक्रियाबीच गहिरो सहकार्य अगाडि बढाउनु जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा माइती नेपाललाई सहयोग गर्ने महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, नेपाल प्रहरी महिला तथा बालबालिका सेवा निर्देशनालय, जर्मनीको सोनियाकिल फाउन्डेसन, अमेकिाको फ्रेन्ड अफ माइती नेपाल, इन्डोनेसियाको वादा फाउन्डेसन, भारतको रेस्क्यु फाउन्डेसनलगायत संस्थामा २० वर्षभन्दा लामो अवधिसम्म सेवा पुर्याउने सात जना कर्मचारीलाई प्रमुख अतिथी प्रधानमन्त्री दाहाल र संस्थाकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सम्मानित गरे ।

कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष कोइरालाले पशुपतिमा भीक मागिरहेका केही महिलालाई किन यहाँ बसेको भनेर सोध्दा उनीहरुको कुनै न कुनै किसिमबाट अधिकार हनन भएको र पीडित भएका थाह पाएपछि संस्थाको शुरु गरेको बताउनु भयो । आज देशमा आप्रबासनको नाममा अझै पनि चेलिबेटी बेचबिखन भइरहेकाले किन अझै मैले यसलाइै रोक्न सकिन भनेर २५ वर्षयतादेखि नै सँधै राति रुने गरेको पनि निकै भावुक भएर कोइरालाले बताउनु भयो ।

माइती नेपाललाई लामो समयदेखि सहयोग गर्दै आएका जर्मनीस्थित सोन्याकिल फाउन्डेसनका डा.विनफ्रिड किलले दुर्घटनाका कारण आफूले आफ्नो छोरी गुमाउनुपरे पनि यसको क्षतिपूर्ति स्वरुप आफूले नेपालमा सैयौं छोरीहरुलाई पाएको अभिब्यक्ति दिए । माइती नेपालका घरहरु बनाउने क्रममा आफूले कोइरालालाई यी भवनलाई भवन वा घर भन्ने भनेर सोध्दा उनले भवन ढुंगा र सिमेन्टले बन्छ तर घर हृदय र सपनाले बन्छ भन्ने जवाफ पाएको र आज कोइरालाको त्यही सपना साकार भएको पनि डा.किलले बताउनु भयो।

माइती नेपालमा आश्रीत बालबालिकाले देशभक्तीले ओतप्रोत गीतमा नृत्य गर्दा हलमा उपस्थित सबैले उठेर उनीहरुका सम्मान गरेका थिए । कार्यक्रममा संस्थाका निर्देशक विश्वराम खड्काले श्रोत र साधनमा लगभग सुन्यबाट शुरु भएको यस संस्थाले आज मानव बेचबिखन र चेलिबेटी बेचबिखनलाई रोक्नुपर्छ भन्ने सन्देश अन्तर्राष्टिय स्तरसम्म पनि पुर्याउन सफल भएको बताउनु भयो । २०४७ सालमा भाडाका दुई वटा कोठाबाट शुरु भएको संस्थाको आजसम्म आइपुग्दा १२ वटा आवधिक गृह, दुई वटा रोकथाम गृह , दुई वटा पुर्नस्थापना केन्द्र, एक बालसंरक्षण गृह, एक विद्यालय , प्राथमिक उपचार केन्द्र र दुई स्नेह गृहसहितका पुर्नसंरचना गौशलाको दस रोपनीको क्षेत्रफलमा गठन भइसकेका छन् ।

संस्थाले हालसम्म ३६ हजारभन्दा बढी महिला तथा बालबालिकालाई बेचबिखनबाट मुक्त गरिसकेको छ भने २५ हजार तीन सय २० महिला तथा बालबालिकालाई पुर्नस्थापना सेवा पुर्याएको छ । त्यसैगरी संस्थाले एक हजार चार सयलाई औपचारिक शिक्षा प्रदान गरिसकेको छ भने दुई हजार सात सय ६ महिलालाई रोजगारमुलक तालिम दिइसकेको छ । माइती नेपालले हालसम्म दस हजारभन्दा बढी घरेलु हिंसा प्रभावित महिलालाई कानुनी तथा मनोसामाजिक परामर्श प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.