नेकपाको निर्वाचन खारेज अभियान सुरु
सन्धिखर्कः स्थानीय तहको निर्वाचनलाई खारेज गराउन नेपाल कम्युनिस्ट पाटीले अभियान सुरु गरेको छ । नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले एकिकृत जनक्रान्ती, जनजागरण तथा प्रतिरोध अभियान र कथित स्थानिय चुनाब खारेज गरौ भन्ने मुख्य नारा सहित अभियानको उदघाट्न गरेको छ ।
सन्धिखर्कमा पत्रकार सम्मेलन गरेर निर्वाचनको खारेज अभियान सुरु गरेको जानकारी गराएको छ ।पत्रकार सम्मेलनमा मन्तब्य राख्दै नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला ईन्चार्ज सुमनले देशका केही दलालहरुले कालो धनलाई बैधानीकता दिनको लागी निर्वाचनको नौटंकी गरीरहेको भन्दै शान्तीपूर्ण तरीकाबाट जनतालाई जागरुप पैदा गर्ने मख्य उद्देश्य र संसदीय व्यवस्थाले पारेको भ्रमको कुरालाई चिरफार गर्ने मुख्य कार्यक्रम रहेको बताए ।