बेवारिसे शवको पहिचान
प्यूठानः झिमरुक नदी किनारमा फेला परेको बेवारिसे शवको शुक्रबार बिहान पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार उक्त शव प्यूठान नगरपालिका-४ थापडाँडा लायखोलाका २३ वर्षिय नम बहादुर नेपालीको भएको पुष्टि भएको हो ।
झिमरुक खेलकुद मैदान नजिक खलंगा-विजुवार जोड्ने पक्की पुलको नदी किनारमा बिहीबार बिहान शव फेला परेको थियो । शवको पोष्टमार्टव गरी आफन्तलाई बुझाउने काम भइरहेको प्यूठानका प्रहरी प्रमुख डिएसपी रंजितसिँह राठौँरले जानकारी दिनुभयो ।
घटनाबारे आवश्यक अनुसन्धान गर्ने काम भइरहेको समेत उहाँल बताउनुभयो । मृतकका दाजु चन्द्र बहादुर नेपालीले आफ्नै भाइको शव भएको प्रहरीलाई जानकारी दिनुभयो ।