बालबालिकालाई विद्यालयमा आकर्षित गर्न घडी वितरण

बालबालिकालाई विद्यालयमा आकर्षित गर्न घडी वितरण

ओखलढुंगाः ओखलढुंगाको पात्ले–४ खुन्दुर्केमा अवस्थित जयबुद्ध आधारभूत विद्यालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्नाको नयाँ कार्यक्रम सञ्चालन गरेको छ । अभियान अन्तर्गत भर्ना हुने विद्यार्थीलाई घडी वितरण गर्ने भएको हो ।

विभिन्न नयाँ कार्यक्रमसहित विद्यार्थी भर्नालाई अभियान सञ्चालन गर्ने विद्यालयले यसपटक विद्यार्थीलाई जनही ‘घडी’ वितरण गर्ने कार्यक्रम अघि बढाइएको प्रधानाध्यापक मगन कामतले जानकारी दिए। गत शैक्षिक सत्रमा विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री वितरण गरिएको थियो। घडी दिने आकर्षक कार्यक्रमले बालबालिकालाई विद्यालयसम्म आउन प्रेरित गर्ने व्यवस्थापन समितिका अध्यक्ष दोर्ची शेर्पाले विश्वास व्यक्त गरे ।

नयाँ शैक्षिक सत्रका लागि वैशाख २ गतेबाट भर्ना अभियान शुरु हुने भएपनि विद्यालयले आफ्नो कार्यक्रम सार्वजनिक गर्दै अभियान अघि बढाएको स्थानीय शिक्षा सेवी ङावाङ पेम्वा शेर्पाले जानकारी दिए ।

सरकारको सन् २०१७ सम्ममा सवैलाई साक्षर बनाउने अभियान अन्तर्गत विद्यालयले शुरु गरेको कार्यक्रम स्वागत योग्य रहेको र सवै विद्यालयले यसरी नै नयाँ कार्यक्रम मार्फत बालबालिकालाई विद्यालयमा ल्याउने अभियान सञ्चालन गर्नु पर्ने शैक्षिक सुधारका लागि समन्वय समिति पात्लेका अध्यक्ष लाक्पा जी. शेर्पाले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.