उत्तर कोरियामा फहरायो दक्षिणको झण्डा
एजेन्सी : राजनीतिक रुपमा उत्तर कोरिया र दक्षिण कोरिया बीच तनावको स्थिति सिर्जना भइरहेको भनी अन्तराष्ट्रिय सञ्चार माध्याममा चर्चा भइरहेको छ । अमेरिकी सहयोगमा दक्षिण कोरियाले उत्तरमाथि आक्रमण गर्ने बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बक्तव्य बाजी गरिरहेका छन् । यसै बखत २७ बर्षपछि उत्तर कोरियाको भूमिमा दुई देश बीच मैत्रीपूर्ण फुटबल म्याच भएको भएको छ ।
दुवै देशका महिला टोली बीच शुक्रबार उत्तर कोरियाको राजधानी प्योङयाङमा फुटबल म्याच भएको हो । खेल १-१ को बराबरीमा टुङ्गिएको थियो । यसअघि उत्तर र दक्षिण कोरिया बीच उत्तर कोरियामा सन १९९० मा पुरुष टोलीको फुटबल म्याच भएको थियो ।
खेल मैदानमा उत्तर कोरियाको झण्डा पनि राखिएको थियो । यसरी उत्तर कोरियाको भूमिमा दक्षिण कोरियाको झण्डा फहराउँनुलाई दुई देश बीचको शत्रुतापूर्ण भाव कम भएको अर्थमा समेत चर्चा गरिएको छ ।