भारत नदिया जिल्लामा बनाइयाे अादिकवि भानुभक्तको सालिक
काठमाडौं: मूर्तिकलाका निम्ति भारतको प्रसिद्ध सहर कृष्णनगर(पश्चिम बङ्गालको नदिया जिल्ला)मा आदिकवि भानुभक्त आचार्यको अर्धकदको सालिक स्थापना गरिएको छ ।
कोलकातादेखि ४५ किमि दूरीमा पर्ने कल्याणी नगरपालिकाको सम्पूर्ण रेखदेख र नेपाली जनसेवा समाजकल्याणको सहयोगमा गत हप्ता नेपाली वाणिज्यदूतावास कोलकाताका महावाणिज्यदूत एकनारायण अर्याल र नगरपालिकाका चेयरम्यान सुशीलकुमार तालुकदारको सालिगको अनावरण गर्नु भएकाे हाे।
सो अवसरमा नेपाली जनसेवा समाज, कल्याणीको वार्षिक मुखपत्रको पाँचौ अङ्क सार्वजनिक गरिएको लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कोलकाताका सचिव विकास कार्कीले जानकारी दिनुभयो। मूर्ति स्थापनाका लागि नगरपालिकाका पूर्व चेयरम्यान डा निलेमेष राय चौधरी, वर्तमान चेयरम्यान तिलुकदार र काउन्सिलर निवेदिता वासुलगायतले सहयोग गर्नुभएको थियो। रासस