फिलिपिन्समा ५.९ म्याग्निच्युडको भूकम्प
मनिला: फिलिपिन्समा स्थानीय समय अनुसार शनिबार ३ बजेर ८ मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (युएसजीएस)ले जनाएको छ। भूकम्पको केन्द्र विन्दु मिन्डोरो प्रान्तमा ४२ किलोमिटर गहिराईमा रहेको यूएसजिएसले जनाएको छ।
भूकम्पको धक्का राजधानी मनिला सहित वाताङ्गस मिन्डोरो र कालापानका अधिकाँश इलाकामा महसुस गरिएको थियो। समाचार तयार पार्दासम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक संरचनाको क्षति भएको खबर प्राप्त भएको छैन। तर लुजोन टापूमा भूकम्पपछि विद्युत प्रशारणमा अवरुद्धता आएको बताइएको छ । रासस÷सिन्ह्वा