संविधान संशोधनको नयाँ प्रस्ताव तयार छः प्रधानमन्त्री

संविधान संशोधनको नयाँ प्रस्ताव तयार छः प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमाले र मधेशी मोर्चालेसमेत समर्थन गर्नसक्ने संविधान संशोधनको नयाँ प्रस्ताव मस्यौदा तयार पारिएको बताउनु भएको छ।

राष्ट्रिय सभागृहमा रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चा र प्रतिपक्षी दलले समेत समर्थन गर्न सक्ने गरी संशोधनको नयाँ प्रस्ताव तयार पारेको बताउनु भएको हो।

प्रचण्डले भन्नुभयो,‘आजै मैले अर्को नयाँ संविधान संशोधन विद्येयकको मस्यौदा तयार पारेको छु। यो प्रस्ताव मधेशी मोर्चासँग गरेको छलफलमा आधारित छ, एमालेसँग गरेको छलफलमा आधारित छ, त्यसैले यो राष्ट्रिय एकताको संशोधन प्रस्ताव हुन्छ। देशको हित चाहने, संविधान कार्यान्वयन र चुनावको पक्षमा रहनेहरुले यसलाई समर्थन गर्नेमा म विश्वस्त छु।’

प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चासहित सबै शक्ति स्थानीय तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नु भयो। उहाँले बैशाख ३१ मै स्थानीय निकायको निवौचन हुने स्पष्ट पार्नु भयो। उहाँले निर्वाचनलाई जनताले स्वीकार गरिसकेको बताउँदै १९ वर्षपछि फरक संरचनामा हुन लागेको स्थानीय तहको निर्वाचन राष्ट्रिय एकता र सहमतिका साथ उत्सवमय वातावरणमा हुने दृढता व्यक्त गर्नु भयो।

प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकाससँगै संचार क्षेत्रको सख्यात्मक मात्रै नभई गुणात्मक परिवर्तन भएको बताउँदै यसले राजनीतिक चेतना र सामाजिक जागरण बढाएको औल्याउनु भयो। प्रधानमन्त्रीले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा देश र जनताका लागि निकै गम्भिर भएर एक दिन आरामसम्म नगरेर काम गरेको बताउँदै विकासका योजनालाई गति दिनका लागि सँधै घचघच्याउने काम गरेको बताउनु भयो।

प्रधानमन्त्रीले आफू प्रधानमन्त्री बने यता भएके सकारात्मक पहलस्वरुप अहिले झण्डै ६ प्रतिशत आर्थिक बृद्धि हुन सकेको तथा दिनको अठार बीस घण्टाको लोडसेडिङ हटेर अव केही बर्षमै नेपालले बिदेशीलाई बिजुली बेच्ने अवस्था सिर्जना हुन लागेको जानकारी दिनु भयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.