एमालेले निर्वाचन भाँड्न खोज्योः कोइराला
काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एमालेले निर्वाचन भाड्न खोजेको आरोप लगाउनु भएको छ। उहाँले मेची–महाकाली अभियानका नाममा निर्वाचन भाँड्न खाजेको आरोप लगाएका हुन्।
काँग्रेस तारकेश्वर नगरपालिका–१० काठमाडौंको प्रथम सम्मेलनको शनिबार उद्घाटन गर्दै उहाँले एमालले निर्वाचन भाँड्न खोजेपनि कुनै पनि बहानामा निर्वाचन नरोकिने स्पष्ट पार्नुभयो।
कोइरालाले एमालेले मुलुकलाई दुर्घटनाको नजिक पुर्याएकाले देश बचाउने जिम्मेवजारी कांग्रेसको काँधमा आएको बताउनु भयो। कोइरालाले स्थानीय निर्वाचनमा अन्तरघात गर्नेलाई पार्टीले तत्कालै कारबाही गर्ने बताउनुभयो।
उहाँले यो पटकको स्थानीय निर्वाचन काँग्रेसका लागि जीवनमरणको सवाल भएकाले निर्वाचनमा एकजुट भएर लाग्न आग्रह गर्नुभयो।