बालिकालाई बलात्कार गरेको आरोपमा ६१ वर्षीय बृद्ध पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा ६१ वर्षीय बृद्ध पक्राउ

जनकपुरधामः ९ वर्षीया बालिकालाई प्रलोभनमा पारेर पटक–पटक बलात्कार गरेको आरोपमा ६१ वर्षीय बृद्धसहित दुईजना पक्राउ परेका छन्। जनकपुर उपमहानगरपालिका–१७ लोहना गाउँमा आमा र आफ्नो दुई बहिनीहरुसंग बस्दै आएकी ति बालिकालाई आफ्नै छिमेकमा बस्ने छिमेकीहरुले प्रलोभनमा पारेर पटक–पटक यौनशोषण गरेको घटना बाहिर आएको छ।

आमा मजदुरीमा गएका बेला घरमा एक्लै हुँदा ति बालिकालाई छिमेकी ६१ वर्षीय सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डलले पटक–पटक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको किटानी जाहेरीमा उल्लेख छ। बालिकालाई चकलेट र मिश्री दिने प्रलोभनमा आफ्नो घरमा बोलाएर सहदेवले यौनजन्य क्रियाकलाप गरेको र चलित्तर मण्डलले बालिकाकै घरमा गएर बलात्कार गरेको बताइएको छ। कसैलाई केही जानकारी दिए ज्यान मार्ने धम्कीसमेत बालिकालाई दिएका आरोपीहरुको डरले बालिकाले आमालाई समेत घटनाको विषयमा बताएकी थिइनन्। तर, उनका छिमेकी अर्को बालिकाले थाहा पाएपछि पीडितकी आमालाई जानकारी दिएकी थिइन्।

आफ्नी छोरीलाई बलात्कार गर्नेहरुमाथि कारबाहीको माग गर्दै गाउँमा कुरा उठाएकी पीडितकी आमालाई पहिला गाउँका पन्चहरुले गाउँको कुरासमाजमै मिलाउनु पर्छ भनेर दबाव दिएका थिए। तर, पछि पीडितकी आमाले त्यसलाई अस्वीकार गर्दै प्रहरीमा जोहेरी दिएपछि घटना बाहिर आएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले घटना भएको १४ दिनपछि प्रहरीमा उजुरी परेकोले मेडिकल प्रमाणमा यौन दुव्र्यवहार भएको पाइएपनि बलात्कारका तथ्यहरु जुटाउन गाह्रो भएको बताउनुभयो।

घटना ढिलो बाहिर आएपनि दुवै आरोपीविरुद्ध जवरजस्ती करणीकै मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको र हाल उनीहरुलाई जिप्रका धनुषामा राखिएको आचार्यले जानकारी दिनुभयो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.