अन्नपूर्णकर्मी आचार्य सम्मानित

अन्नपूर्णकर्मी आचार्य सम्मानित

धरानः अन्नपूर्णपोस्ट् दैनिकका सुनसरी सम्बाददाता रत्नप्रसाद आचार्य सम्मानित हुनु भएको छ। सहिद अगममणि प्रतिष्ठानले स्थापना गरेको सहिद अगममणि राई सिर्जनशिल युवा पत्रकारिता पुरस्कारबाट अन्नपूर्णकर्मी आचार्य सम्मानित हुनु भएको हो।

पत्रकारिताको माध्यमबाट जिल्लाको विकास र समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै आचार्यलाई सम्मान गरिएको हो। प्रतिष्ठानकी अध्यक्ष हिमाल राईले शनिवार धरानको शैनिक भवनमा आयोजित कार्यक्रममा आचार्यलाई ७ हजार रुपैयाँ नगदसहित कदर पत्रका साथ सम्मान गर्नु भएको हो।

सहिद अगममणि राई २०३१ सालमा नेपाली काँग्रेसले ओखलढुङ्गामा आयोजना गरेको सरकार विरोधी आन्दोलनमा गोली लागि साहदत प्राप्त गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.