एकसिंगे गैंडा मारियो

एकसिंगे गैंडा मारियो

भरतपुर : चितवनमा चोरी सिकारीका कारण गतराति दुर्लभ एकसिंगे गैंडा मारिएको छ । जगतपुरको बेलटट्टा हरियाली सामुदायिक वन क्षेत्रस्थित राप्ती नदी बगरमा सिकारीले कञ्चटमा गोली हानेर गैंडा मारेका हुन् । उनीहरूले खाग र पुच्छर लगेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा चोरी-सिकार नभएको झण्डै तीन वर्षपछि गैंडा मारिएको हो । पर्यटकलाई जंगल घुमाउन लैजाँदा होटलका नेचर गाइडले मृत गैंडा देखेपछि निकुञ्जमा खबर गरेका थिए । गोली हानेको र खाग काटेको प्रकृति हेर्दा पेशेवर सिकारीले गैंडा मारेको हुनसक्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।

मारिएको गैंडालाई पोस्र्टमाटम गरी खाल्डोमा गाडिएको छ । निकुञ्जका कर्मचारी र सुरक्षाकर्मी गैंडा स्थानान्तरणमा व्यस्त भएको मौका छोपी गैंडा मारिएको कँडेलले जानकारी दिनुभयो ।अनुसन्धानका लागि सीआईबीको टोली शनिबार चितवन आएको छ । टोलीले सेनाको कुकुरसमेतको सहायताले सिकारीको खोजी गरिरहेको छ । तस्कर पत्ता लगाउन सुराकीसमेत प्रयोग गरिएको निकुञ्जको सुरक्षार्थ खटिएको श्रीजंग गणका गणपति माधव थापाले बताउनुभयो ।

गत सोमबारदेखि चितवनबाट शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा स्थानान्तरणको काम भइरहेको छ । शुक्लामा चार र बर्दियामा एक गैंडा लगिसकिएको छ । यसअघि ७१ साल वैशाख १९ गते सिकारीले सोही क्षेत्रमा गोली हानी एक भाले गैंडा मारेर खाग लगेका थिए । पछिल्लो गणनाअनुसार नेपालमा भएका ६ सय पैंतालीस गैंडामध्ये चितवन निकुञ्जमा मात्र ६ सय पाँच थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.