कुखुरा बाेकेकाे मिनी ट्रक दुर्घटना, चालक र गाडी धनीको मृत्यु

कुखुरा बाेकेकाे मिनी ट्रक दुर्घटना, चालक र गाडी धनीको मृत्यु

नुवाकोटः नुवाकोटको ककनीमा कुखुरा बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुर्इ जनाको मृत्यु भएको छ। अन्य दुई जना गम्भीर घाइते भएका छन्।  

आइतबार बिहान पौने तीन बजेतिर भएकाे दुर्घटनामा गाडीधनी बेलकोटगढी नगरपालिका-२ का २७ वर्षीय सुधन न्यौपाने र चालक सोही स्थानका २४ वर्षीय महेन्द्र पुडासैनीको मृत्यु भएको प्रहरी चौकी ककनीका प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिनुभयो । ककनी गाउँपालिका-४ हाकुलेमा कुखुरा बोकेको बा २ ख ४२५१ नम्बरकाे मिनी ट्रक दुर्घटनामा गरेकाे थियाे। 

रातिको समयमा कुखुरा बोकेर काठमाडौ जाँदै गरेको सो गाडी आफै अनियन्त्रित भएर सडकबाट दुई सय मिटर भीरमा खसेर दुर्घटना भएको भट्टरार्इले बताउनुभयो । मिनी ट्रक दुर्घटनामा बेलकोटगढी नगरपालिका-२ कुमरीका २५ वर्षीय राममणी न्यौपाने र सोही स्थानका २३ वर्षीय श्रीकृष्ण न्यौपाने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरुकाे काठमाडौं ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गाडीमा चालकसहित चार जना सवार थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.