भारतको भोटिङ मेसिन विवादले पाकिस्तानमा तनाव
एजेन्सी : भारतमा विद्युतीय भोटिङ मेसिनको विश्वाशनीयतालाई लिएर विवाद चर्किएका कारण पाकिस्तान सजग भएको छ । मतपत्रलाई विस्थापित गरी पूर्ण रुपमा विद्युतीय मेसिनको प्रयोग गर्ने तयारीमा रहेको पाकिस्तानी निर्वाचन आयोग भारतको विवादले सजग बनेको छ।
पाकिस्तानी अखबार 'दी न्यूज' का अनुसार भारतमा भोटिङ मेसिनको विश्वाशनीयतामा देखिएको विवादले पाकिस्तानी निर्वाचन आयोगको चिन्ता बढेको छ।
निर्वाचन आयोगको आन्तरिक बैठकमा सबै तिर भोटिङ मेसिन प्रयोग नगरी पाइलट परिवाका लागि मात्रै भोटिङ मेसिन प्रयोग गर्ने बारे छलफल भएको निर्वाचन आयोगको विशेष सुत्रलाई हवला दिँदै अखबारले लेखेको छ ।