सांस्कृतिक मेलामा मतदाता शिक्षा
काठमाडौंः कतै संगीतको रमझम, कतै खानाको स्वाद अनि कतै चित्रकलाको आकर्षण। ललितपुुरस्थित प्रशासनिक प्रशिक्षण केन्द्रको आँगनमा युुवाको भीडमा एउटा फरक समूह देखियो।
युुवाहरू ध्यान दिएर मतदानको प्रक्रिया हेरिरहेका थिए। तीमध्ये केही आफै उक्त प्रक्रियामा सहभागी भइरहेका थिए। स्थानीय निर्वाचन हुुन अब धेरै समय बाँकी छैन। निर्वाचनको विषयमा जताततै बहस सुुनिन्छ। तर मतदाता शिक्षाको विषय कमै सुुनिन्छ । यूएसएडको सहकार्यमा ‘इन्टरनेसनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम’ले मतदाता शिक्षा कार्यक्रम गरिरहेको छ।
नेपालस्थित अमेरिकी राजदूतावासले नेपाल–अमेरिका मैत्रीसम्बन्ध ७० वर्ष भएको अवसरमा गरेको सांस्कृतिक मेलामा यो कार्यक्रम आयोजना गरिएको हो। सांस्कृतिक मेलामा युुवाको सहभागिता बढी हुुन्छ । तिनै युुवालाई लक्षित गरी सांस्कृतिक मेलामा मतदाता शिक्षा कार्यक्रम राखिएको जानकारी संस्थाकी प्रशासनिक सहयोगी आकृति खरेलले दिइन् । दिनभरिको कार्यक्रममा उनले सहरी युुवा नै मतदानको विषयमा जानकार नभएको पाइन् ।
बानेश्वरका अनिश परियार र शोभा परियार मतपत्रमा घोत्लिरहेका थिए। एकछिनपछि आफूले बुुझेजस्तै गरी शोभा अनिशलाई पनि बुुझाउन थालिन् । मेलाको रमाइलो हेर्न आएका उनीहरूलाई सबैभन्दा ठूलो उपलब्धि यही लाग्यो । शोभाले भनिन्, ‘बल्ल बुुझियो, आज यहाँ नआएको भए पछि भोट हाल्दा सायद गल्ती गथ्र्यौं ।’ मेलामा अरू सामाजिक संस्थाले युुवा अभियान तथा उद्यमशीलताको विषयमा पनि जानकारी दिइरहेका थिए ।
अमेरिकी दूतावासले यो वर्षभरि नै विभिन्न कार्यक्रम गरेर उत्सव मनाइरहेको छ । मेलामा प्रत्यक्ष भित्तेलेखन चित्रकला भइरहेको थियो । कलाकारले सामूहिक रूपमा आफ्नो रुचिको चित्र बनाइरहेका थिए । अमेरिकी चित्रकार गेब्रिएल स्पेक्टरले यो मौकालाई उत्साहपूर्ण रूपमा लिए । उनी भित्ते चित्रकलामै काम गर्न रुचाउँछन् । आफ्नै आँखाअगाडि बनाइएको चित्र हेरेर दर्शक बढी प्रभावित हुुने उनकोे अनुुभव छ ।
नजिकै स्टेज कार्यक्रम भइरहेको थियो । नेपाली बाजा सितार र पाश्चात्य बाजा गितार, ड्रम सेटको फ्युुजनले बेग्लै स्वादको संगीत सिर्जना गरिरहेको थियो । ब्रेकडान्स, स्केटबोर्ड स्टन्ट, कविता वाचन, खानाका स्टलहरू, चित्रकला प्रदर्शनी आकर्षणका रूपमा रहेका थिए।